Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका अंग्रेजी शिक्षकहरुलाई एक दिने तालिम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेल्टा गुल्मीको आयोजनामा अंग्रेजी शिक्षकहरुका लागि एक दिने तालिम तम्घासको सिद्धबाबा माध्यमिक विद्याललयमा सम्पन्न भएको छ।

नेल्टा गुल्मीका अध्यक्ष एवम् सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्यता तथा रेसुंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर पन्थी र एलाइड पब्लिकेशन काठमाडौका डाइरेक्टर तथा तालिमका प्रायोजक रामकृष्ण चापागाँइको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

जिल्लाका विभिन्न २५ वटा विद्यालयका ५८ जना शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेल्टा चितवनका अध्यक्ष तथा वरिष्ठ लेखक र अंग्रेजी भाषा प्रशिक्षक बटुकलाल तामाङ र नेल्टा गुल्मीका पूर्व अध्यक्ष तथा सल्लाहकार, महेन्द्र मावि तम्घासका प्रध्यानाध्यापक तथा अंग्रेजी भाषाका प्रशिक्षक कृष्णप्रसाद मरासिनीले प्रशिक्षण दिनु भएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा सहभागी शिक्षकहरुलाई लेखक तथा प्रशिक्षक बटुकलाल तामाङद्वारा लिखित कक्षा ९ र १० का English Practice Book हरु पनि वितरण गरिएको थियो।

नेल्टा गुल्मीका पूर्व सह सचिव श्यामलाल गौतमको स्वागत मनत्व्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन नेल्टा गुल्मीका सह सचिव टीका खड्काले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो