कृष्ण अन्जान, बुटवल: गुल्मी जिल्लाबाट रुपन्देहीमा स्थायी बसाेवास गरिरहेका गुल्मेलीका माझमा राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवलमा शनिवार विशेष छलफल कार्यक्रमकाे आयाेजना गरेकाे छ।
मुख्य रुपमा संगठन विस्तारलाई एजेन्डाकाे रुपमा प्रस्तुत गरिएकाे छलफल कार्यक्रममा गुल्मी जिल्लाबाट रुपन्देहीमा बसाइँसराइ गरेर आएका र याे क्षेत्रमा स्थायी बसाेवास गर्नेहरूको बाक्लाे उपस्थिति रहेकाे थियाे।
छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य समेत रहेकी पार्टीकाे कानुन न्याय तथा मानव अधिकार विभाग प्रमुख लक्ष्मी खासुले आजकाे आवश्यकता संगठन निर्माण भएकाले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरिन।
हाम्रो काँधमा देश बनाउने जिम्मेवारी छ र याे जिम्मेवारीमा राष्ट्रिय स्वतन्त्र पार्टी खराे रुपमा उत्रने कुरामा कुनै शंका नरहेकाले हरेक तह र तप्कालाई पार्टीमा सँगठित पार्न लाग्नु पर्ने उनकाे भनाई थियाे।
छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल उपमहानगर कमिटीका सँयाेजक राजन पाण्डे ,बुटवल नगरकमिटिका सदस्य विक्रम तिवारी ,तुल्सी न्यौपाने लगाएतकाे सहभागीता रहेकाे थियाे ।
छलफल कार्यक्रमले गुल्मी जिल्लामा सँगठन विस्तारलाई प्राथमिकता दिने निर्णय गरिएकाे छ जस अनुसार जेठ १३ गते गुल्मी जिल्लाकाे रुरुक्षेत्र गाउँमा पालिकामा पहिलो सँगठन विस्तार गर्ने कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले तय गरेकाे छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








