Salime Malika Krishi Farm

Awareness Campaign

वाइसीयल, गुल्मीले भ्रष्टाचार विरुद्धको अभियान सुरु गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: नेकपा माओवदी केन्द्रको भातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) गुल्मीले भ्रष्टाचार विरुद्धको अभियान सुरु गर्ने उद्घोष गरेको छ। शनिबार सदरमुकाम तम्घासमा सम्पन्न विशेष भेलाले यस्तो निर्णय गरेको हो।

भेलाबाट पुन: वाइसीएल गुल्मीको संयोजकमा चयन भएका अशोक श्रेष्ठले जसरी ब्यबस्था परिवर्तनका लागि जनयुद्ध लडियो त्यसरी नै दोश्रो जनयुद्धको रुपमा भ्रष्टाचार विरुद्धको अभियान वाइसीएलले लडन सुरु गर्ने बताए ।

उनले वडादेखि पालिका र जिल्लासम्मका सरकारी कार्यलयहरुमा निगरानी बढाउने, बिकास निर्माणमा देखिएका बेथिति, ढिला सुस्ती रोक्ने, पालिका र जिल्लाका विभिन्न कार्यालयहरुले कृषि अनुदान बितरण गरिव किसानलाई बिमुखो बनाई दलका नेता र समाजका टाठाबाठा पोस्सिदै आएकोप्रती कडा रुपमा उत्रिएर मनपरी रोक्ने, गरिव किसान, मजदुरहरुको पक्षमा वकालत गर्ने लगायतका समाजका बिकृती बिसङ्गती विरुद्ध डटेर अगाडि बढ्न लागिएको बताए । माउ पार्टी माओवादी केन्द्र गुल्मी जिल्ला सम्बन्वय समिति सचिब अशोक थापाले वाइसियललाई भ्रष्टाचार विरुद्धको अभियानमा परिचालन गर्न लागिएको बताए ।

सिंचाई
Forest
Ad.

भेलाले सचिव पदमा गोविन्द हितानलाइ चयन गर्दै २४ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ । यस्तै भेलाले पालिका स्तरीय संयोजक चयन गरि भेला गर्ने निर्णय गरेको छ । सोही अनुसार छत्रकोट गाउँपालिकाको वाइसीएल संयोजक केशर कंडेल चयन भएका छ्न । सह संयोजकमा उनले जेठ २५ गते पालिका स्तरीय कमिटी निर्माणका लागि भेला गर्ने जिम्मेवारी पाएका छ्न् ।

गुल्मी दरबारमा गगन तरामु संयोजक र सह संयोजकमा प्रकाश सुनार चयन भएका छन् । त्यहाँ जेठ २७ गते भेला गर्ने मिति तोकिएको छ । रुरुक्षेत्रमा अर्जुन भण्डारी र निरज परियार संयोज र सह संयोजकमा चयन भएका छ्न । त्यहाँ जेठ १५ गते र मालिकामा पनि सोही दिन भेला हुने भएकोछ । मालिकामा दल बहादुर बिक र चन्द्रकान्त अर्याले क्रमशः नेतृत्व पाएका छन् । कालिगण्डकिमा गगन राना र डिलाराम रानाले नेतृत्व पाएका छ्न ।

सत्यवतीमा र मदानेमा जेठ १७ गते भेला बस्ने भएकोछ । ती दुई पालिकामा क्रमशः महेन्द्र भण्डारी, कमल घर्ती, शरद जिसि र युवराज चन्दले नेतृत्व पाएका छन् । रेसुङ्गा र धुर्कोटमा जेठ २३ गते भेला गर्ने जनाइएको छ । ती दुई पालिकामा लक्ष्मण घर्ती, सन्दिप बिक र सुमन थापाले नेतृत्व पाएका छ्न् । इस्मा र मुसिकोटमा चयन गर्न बाँकी रहेको सो सङ्गठनले जनाएको छ ।

विशेष भेलामा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य ज्ञानकुमार बुढाको प्रमुख अतिथी, जिल्ला पार्टी सचिव अशोक थापा, क्षेत्र नम्बर १” ख” की संयोजक गिता थापा, वाइसीएलका जिल्ला इन्चार्ज नारायण चन्दको विशेष आतिथ्यता रहेको थियो। -ग्लोबल आवाज 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया