Clean Water Campaign

Awareness Campaign

गुल्मीमा अपाङ्गमैत्री संरचनामा जोड दिन पालिकासंग छलफल



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश अन्तर्गतको सि.बि.आर. कार्यक्रमका बारेमा जिल्लाका स्थानीय तहमा उपप्रमुख एवं सरोकारवालाबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला समन्वय समितिको समन्वय तथा आशा अपांग केन्द्रको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण बहादुर खत्रीले गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र सलामी, मन्त्रालयका सचिव कृष्णप्रसाद पन्त, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकसहित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका उपप्रमुखहरु, नागरिक समाज तथा पत्रकार लगायतको उपस्थिती रहेको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा आशा अपांग केन्द्र उपाध्यक्ष गंगा रायमाझीले केन्द्रले सम्पादन गरेका काम र अपांगहरुको अवस्थाको बारेमा जानकारी दिएकी थिइन्।

त्यस्तै अधिवक्ता डाक्टर लक्ष्मण ज्ञवालीले देशको बिद्यमान कानुन र अपांगहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा सरोकारवालाहरुले जिल्लामा अपांगहरुको अवस्थाको बारेमा अवगत गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथी खत्रीसहित, मन्त्रालयका सचिव पन्त, प्रमुख जिल्ला अधिकारी पाठकसहित स्थानीय तहका उपप्रमुखहरुले जिज्ञासा राखेका थिए । कार्यक्रम आशा अपांग केन्द्रका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षता तथा ताराप्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया