चितवन: एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपिडी सेवा ठप्प पारिएको छ।
बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा अत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका हुन् ।शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी संघर्ष समितिले जनाएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







