Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको सत्यवतीमा लम्पी स्किन रोग विरुद्ध भ्याक्सिन लगाउन सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पछिल्लो समय गुल्मी लगायत छिमेकी जिल्लाका किसानलाई आतंकित पार्ने गरि फैलिएको लम्पी स्किन रोगको निराकरण तर्फ सत्यवती गाउँपालिकाले चासो दिएको छ ।

शुक्रबार देखि गाउँपालिकाले भ्याक्सिन लगाउन सुरु गरेको पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए।

यो रोगको कुनै प्रभावकारी उपचार नभएकोले लक्ष्यण नदेखिका पशुहरुमा भ्याक्सिन लगाउने र लक्ष्यण देखिएका पशुहरुमा सामान्य औषधि उपचार गरेर घाउ निको पार्ने ,ज्वोरो कम गराउने तर्फ गाउँपालिका लागेको खनालले उल्लेख गरे।

सिंचाई
Forest
Ad.

पहिलो चरणमा तीन सय २५ डोज भ्याक्सिन लगाउने गाउँपालिकाका योजना रहेको छ । त्यसमा पनि जोत्ने गोरु र दुधालु गाईभैंसी पहिलो प्राथमिकतामा पर्ने छन ।

सत्यवती गाउँपालिकाका वडा नम्बर सात जुनिया र वडा नम्बर आठ भार्से बाहेक अन्य स्थानमा यो रोग देखा परेको छ ।

रोग प्रती सचेत रहन सत्यवती गाउँपालिकाले किसानलाई आग्रह समेत गरेको छ ।

रोगको परिचय,लक्ष्यण,सर्ने तरिका, रोगको संका लागेमा के गर्ने र फार्मको सुरक्षा कसरी गर्ने भन्ने विषयमा किसानलाई सचेत गराईएको अध्यक्ष टिकाराम पाण्डेले बताए । साथै छिटोछरितो भ्याक्सिन उपलब्ध गराएर पशुहरुलाई भ्याक्सिन लगाउने अध्यक्ष पाण्डेको भनाइ रहेको छ। भ्याक्सिन लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया