Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रेसुंगा: गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ। रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो। सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी हुनुहुन्छ।

उहाँले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाँैं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताउनुभयो।

साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताउनुभयो । सहज उपचारपछि उहाँ राहात मिलेको अनूभूति भएको बताउनुहुन्छ । उहाँहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आउनुभएको छ।

सिंचाई
Forest
Ad.

यसमा पाँचदेखि सात जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराउनुभएको छ । हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताउनुभयो।

उहाँले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताउनुभएको छ । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो।

“हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो” उहाँले भन्नुभयो, “गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ ।” नगरपालिकाले गुल्मी अस्पतालाई मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया