Smoking Causes Cancer

कथा सङ्ग्रह ‘उघ्रिएकाे आकाश’ लाेकार्पण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

इटहरी: कथाकार विष्णु भण्डारी आचार्यकाे कथासङ्ग्रह ‘उघ्रिएकाे आकाश’ २०८० वैशाख दुई गते इटहरी साहित्यिक समूहकाे ब्यानरमा समूह अध्यक्ष हेमन्त गाैतमकाे अध्यक्षता र डा. रमेश घिमिरे ज्यूकाे आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएकाे छ।

कार्यक्रममा अतिथि झाेराहाट नाटकघरका अध्यक्ष भरत गुरागाइँ वर्वरिकले विष्णु भण्डारी आचार्यका कथाहरु उत्कृष्ट रहेकाे बताउदै चाडै यूटुव वाचन तथा नाटकिय रुपमा आफूले अघि सार्ने बताउनुभयाे।

समिक्षक माेहन तिम्सिनाले सामाजिक विकृति विसङ्गतिबाट कथाले एक कदम अगाडि हिडाएकाे बताउनुभयाे भने अर्का समिक्षक प्रा.डा.माेहन तुम्बाहाङले विष्णु भण्डारीकाे लेखन स्थानिय स्तर नभएर राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमै उठ्न सक्ने बताउदै उहाँकाे साहित्यिक महानता चिन्न पाएकाेमा खुसी प्रकट तथा उत्तराेत्तर प्रगतिकाे कामना समेत गर्नुभयाे ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा वरिष्ट कवि छवि घिमिरे ,कथाकार रिता ताम्राकार, डियरकल्याण अध्यक्ष विनाेद घिमिरे ,लघुकथाकार निरज काेइराला उमा सिजापती,साहित्यकार राम खरेल ,रेखा सुवेदी ,हरि वराल ,दीपा मग्राती,लगायत बिराटनगर ,झापा ,माेरङ, धनकुटा, इटहरी, बराहक्षेत्र लगायतका स्थानबाट पाँच दर्जन बढी विशिष्ट साहित्यकारहरुकाे बाक्लाे उपश्थिति रहेकाे थियाे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया