Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरपालिकाले आगामी शुक्रवारदेखि कृषकहरुको उत्पादन खरिद गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

 सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले आगामी हप्ताबाटै कृषकहरुको उत्पादन खरिद गर्ने भएको छ।

“कृषि उपज बिक्री सुनिश्चितता” कार्यक्रम अन्तर्गत नगरपालिकाले यस भन्दा अगाडी नगरभित्र रहेका कृषकहरुलाई आफुसगं भएका कृषि उपज सामाग्रीहरुको तथ्याङ्क र बिक्री योग्य वस्तुहरुको विवरण सहित वडा कार्यालयमा सुचिकृत हुन आग्रह गरेको थियो ।

नगरपालिकाले पहिलो चरणमा तरकारीजन्य र खाद्यान्न बालीहरु खरिद गर्ने नगरपालिकाका कृषि अधिकृत जनक पौड्यालले जानकारी दिनुभयो । प्रत्येक हप्ताको मगंलबार र शुक्रवार वडास्तरमा पुगरे कृषि उपजहरु सकंलन गरिने उहाँको भनाई छ । जसमध्ये मगंलबार वडा नं १, २, ३ र ४ नं वडा तथा शुक्रवार वडा नं ५, ६, ७, ८ र ९ नंं वडाका कृषकहरुको उत्पादन नगरपालिकाले खरिद गर्नेछ ।

सिंचाई
Forest
Ad.

नगरपालिकाले कृषि उपज विक्री सुनिश्चितता कार्यक्रम अन्तर्गत नगरपालिका भित्र रहेका कृषकहरुले उत्पादन गरेका कृषि बाली मध्ये पहिलो चरणमा खरिद गर्ने वस्तु तथा सेवाको निर्धारित मुल्य सुचि समेत सार्वजनिक गरेको छ । १९ वटा वस्तु तथा सेवाहरुको मुल्य सुचि सार्वजनिक गरेको हो ।

नगरपालिकामा रहेका विभिन्न व्यवसायिक सघंसंस्थाहरुमा चालु बजार मूल्य, बुटबल हाटबजारको थोक बजार मूल्य, कालिमाटीको मुल्य लगायतलाई आधार मानेर कृषि उपज सामाग्रीहरुको मूल्य निर्धारण गरिएको मूल्य निर्धारण समितिका संयोजक हरिहर सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले कृषकहरुको उत्पादन खरिद गर्ने र त्यसलाई बिक्री वितरण गर्ने गरी कृषि उपज सकंलन तथा विक्री वितरण केन्द्र समेत निर्माण गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा निकै महत्वका साथ यो कार्यक्रमलाई अगाडी बढाएको थियो । कृषकहरुलाई उत्पादन देखि बजारीकरणसम्म आईपरेका समस्याको समाधान गर्ने र उत्पादित सामाग्रीको विक्रीको ग्यारेण्टी गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।

Awareness by SKF

नगरपालिकाले सोझै कृषकहरुसंगबाट उत्पादित सामाग्रीहरु खरिद गर्ने भएकाले विचौलियाको डर नहुने तथा वास्तविक मुल्य समेत पाउने मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले बताउनुभयो । बजारको ग्यारेण्टी नगरपालिकाले गरेको भन्दै उहाँले कृषकहरुलाई अझै ठुलो परिमाणमा उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।

नगरपालिकाले कृषकहरुका उत्पादनहरुको मूल्य निर्धारण गरी सोझै कृषकहरुको टोल टोलमै गई उत्पादित सामाग्री खरिद गर्ने जनाएको छ । ठुलो परिमाणमा कृषि सामाग्री उत्पादन भएको भए घरमै गएर खरिद गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख गगां श्रेष्ठले बताउनुभयो । उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको समेत व्यवस्था गरिने उहाँको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया