Smoking Causes Cancer

मालिका: ६१ हजार सहित उपाधि आफ्नै पोल्टामा पार्न आयोजक सफल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका ४ सैरेपोखरामा सम्पन्न ६१ हजार राशिको भलिबल प्रतियोगिताको उपाधी आयोजकले आफ्नै पोल्टामा पार्न सफल भएको छ। न्यु मालिका युवा क्लब मालिका -५ को आयोजनामा तीन दिन सम्म चलेको भलिबल प्रतियोगिताको उपाधीमा आयोजकले कब्जा जमाएको हो।

उसले फाइनलमा न्यु सनराईज युबा क्लब दर्लिङ्गलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको हो।

उपाधी सङै उसले ६१ हजार एक सय ६१ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय भएको न्यु सनराईज युवा क्लबले ४१ हजार एक सय ४१ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए।

“खेलाैँ, स्वस्थ बनाैँ मालिका बासिकाे सान कला संस्कृति संरक्षण हाम्राे पहिचान” भन्ने मुल नाराका साथ न्यु मालिका युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया