Smoking Causes Cancer

सिटी होटलको आईपीओ आउदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ। बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।

काठमाडौंको सोल्टीमोडको ५ तारे सिटी होटल (हायात प्यालेस) १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कुल १ अर्ब ६७ करोड १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ जारी पूँजी रहेको होटलले जारी पूँजीको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बरारबरको आईपीओ जारी गर्न अनुमति पाएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गर्नेछ। आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया