गुल्मी: त्रिभुवन विश्वविद्यालय अन्तर्गत आज भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अन्तर्गत रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका ७ वामीमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी सम्मलित वाम गठबन्धनका उम्मेदवार अनिष पाठक सभापति पदमा विजयी हुनुभएको छ।
बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको मतदानमा कुल मतदाता १८० मध्ये १ सय ५६ जनाले मतदान गरेका थिए । जसमध्ये सभापति पदमा पाठकले ८४ मत र उहाँका प्रतिद्धन्दी नेपाल विद्यार्थी सघं र अखिल छैठौँ सम्मिलित लोकतान्त्रिक प्रगतिशील प्यानलका उम्मेदवार भुवन काफ्लेले ७१ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै सचिवमा लोकतान्त्रिक प्रगतिशिल प्यानलका कणर् बहादुर सार्की विजयी हुनुभएको छ। कोषाध्यक्ष पदमा दुवै तर्फका उम्मेदवारको समान ७६ मत प्राप्त भएपश्चात गोलाप्रथा गरिएको थियो। गोलाप्रथाबाट अनेरास्ववियुकी अनुराधा सापकोटा विजयी हुुनुभएको छ।
त्यस्तै सदस्यहरुमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी सम्मलित बाम गठबन्धनका उम्मेदवारहरु शोभा राना र राहुल शाक्य तथा लोकतान्त्रिक प्रगतिशिल प्यानलका जीवन दर्लामी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका महेश्वर घिमिरेले जानकारी दिनुभयो। -जिटिभी
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







