Salime Malika Krishi Farm

Awareness Campaign

साहित्यकार पुष्कर अथक रेग्मीका दुईवटा कृति विमोचन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बहुमुखी साहित्यकार पुष्कर अथक रेग्मीको एकैसाथ दुइवटा जुम्ल्याहा कृति विमोचन भएका छन्। शीत काव्य समाज बागमती प्रदेश नेपाल र षडऋतु काव्य समाज नेपालको आयोजनामा काठमाडौंमा अथकको शीत बालकथा अर्ती र षडऋतु बालकाव्य संग्रह अक्षमाला विमोचन भएको हो।

कृति विमोचन गर्दै प्रमुख अतिथि टोखा नगरपालिका-११ का निवर्तमान वडाध्यक्ष उत्तम अधिकारीले कृतिहरू बालबालिकाका लागि उपयोगी र सहयोगी शैक्षिक सामग्रीको रूपमा रहेको बताउनुभयो।

दुवै कृतिमाथि समिक्षा गर्दै पण्डित/पुराण वाचक/साहित्यकार/समिक्षक नारायणाचार्य कौशिकले शीत कृति अर्ती भित्र चारवटा शीतकथा रहेको र षडऋतु कृति अक्षमाला भित्र २५ वटा बाल षडरितुहरू रहेकोमा दुवै कृति बाल पाठ्यसामग्रीको रूपमा रहेको भनी गद्य र पद्य दुवै शैलीले कृति पृथक रूपमा रहेको शैक्षिक सामाजिक र अाध्यात्मिक महत्त्व समेत रहेको भनी समीक्षा गर्नुभयो।

सिंचाई
Forest
Ad.

अथकको कृति विमोचन र विमर्शसंगै साहित्यकार देवेन्द्रराज शाक्यदारा लिखित षडऋतु काव्य गोधुलीको समेत समीक्षक शान्ता शाक्यद्वारा विमर्श गरिएको थियोे। कार्यक्रममा साहित्यको चारवटै विधामा कृति प्रकाशित गरी कविता साहित्यमा लघुतम उपविधा शीतको परिकल्पना सहित शीत बालकथा प्रकाशन गरेका अथकलाई शीत काव्य समाज बागमती प्रदेशद्वारा सम्मान गरियो।

शीत काव्यको परिकल्पना भएपछि छिटो भन्दा छिटो यसको व्यापिकरण भएकोमा आफू निकै नै गौरवान्वित भएको भन्दै पाल्पाको साहित्य र ऐतिहासिक योगदानको समेतको प्रसंग उठान कृतिकार अथकले गर्नु भयो। कार्यक्रममा षडऋतु परिकल्पनाकार सीबिका, छेेस्काका परिकल्पनाकार विनोद नेपाल, साहित्यकार चन्द्रा न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै कल्पना भट्टराईद्वारा अक्षमाला भित्रको षडऋतु वाचन गर्नु भएको थियोे।

शीत काव्य समाज बागमती प्रदेशको अध्यक्ष प्रथम शीत ईश्वर कृष्ण बहादुर के सीको अध्यक्षता, साहित्यकार/पत्रकार एवं शीत काव्य समाज नेपालका सचिव दामोदर ढकाल दीपकको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन मुक्तककार जिज्ञासु पौडेल तिलकद्वारा गरिएको थियोे।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया