Smoking Causes Cancer

रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड हो महाधिवेशन: समिक्षा बास्कोटा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झापड भएको बताउनु भएको छ।

आजदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टक्टक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताउनुभयो। स्थानीय चुनावमा नराम्रो हार ब्यहोरेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि झण्डै तीन महिना नेतृत्वविहीन भएको विवेकशील साझामा बास्कोटा अध्यक्ष बन्नुभएको थियो।

त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको पनि उहाँले सुनाउनु भयो।

सिंचाई
Forest
Ad.

प्रतिबद्धताअनुसार ६ महिनाभित्र महाधिवेशन गर्न पनि सफल भएको भन्दै उहाँले यो पूर्व अध्यक्ष मिश्रका लागि ठूलो झापड भएको बताउनुभयो। ‘हारिसकेको मान्छेलाई किन हराउने? काम गरेर देखाउँ, यो नै उहाँका लागि झपड हुन्छ।,’ अध्यक्ष बास्कोटाले भन्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया