Smoking Causes Cancer

गुल्मीकी पार्वता जसले डोकोमै सुन्तला बेचेर गरिन् दुई लाख आम्दानी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रासस, गुल्मी: गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गर्नुभएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गर्नुभएको हो। मदन भण्डारी राजमार्गको तम्घास-छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो।

यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाउनुभएको उहाँको भनाइ छ। उहाँले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ। न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्नुहुन्छ।

“सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन”, उहाँले भन्नभुयो, “सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ।” पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँनुहुन्छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्नुहुन्छ। स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताउनुभयो।

सिंचाई
Forest
Ad.

उहाँले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो। सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उहाँसँग अनुभव छ। पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउँनुहुन्छ। उहाँका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्त हुनुहुन्छ। उहाँहरुको फार्ममा १५ वटा भैँसी छन्। जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आउनुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया