Salime Malika Krishi Farm

Awareness Campaign

लव जोशीद्वारा शीत साहित्य पुरस्कार स्थापना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आय‍ोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापिकरणका लागि कलम चलाउने स्रष्टालाई हरेक बर्ष नगद रु. १० हजार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिदिनु भएको छ।

बर्ष २०७९ का लागि यो पुरस्कार शीत काव्य समाज नेपालका अध्यक्ष , शीत काव्यका परिकल्पनाकार, साहित्यकार पुष्कर अथक रेग्मीलाई साहित्यकार कमल खत्रीको अध्यक्षता, डा. टंकप्रसाद पन्तको प्रमुख आतिथ्यता, ऋषि आजादको विशिष्ट आतिथ्यता, दाता लव जोशी सहितको उपस्थितिमा प्रदान गरिएको छ।

सिंचाई
Forest
Ad.

मिति २०७८ असार ७ गते पाल्पाको तानसेन श्रीनगर क्षेत्रबाट पुष्कर अथक रेग्मीले कविता-काव्य साहित्यको लघुतम उपविधाको रूपमा शीतको परिकल्पना प्रस्ताव गरे संगै साहित्यकार लव जोशीज्यूले शीत लेख्दै आउनु भएको र शीतबाट प्रभावित भएर नै यसको प्रचार-प्रसारका लागि पुरस्कार कोषको स्थापना गरिदिनु भएको हो।

चतुष्पदीय मुक्तकीय प्रभेद भित्रको लघुतम अष्टाक्षरी काव्यनै शीत हो भनी परिकल्पनाकारले परिभाषित गरेका छन्। छोटो समयमै हालसम्म आधादर्जन भन्दा बढी शीत कृतिहरू प्रकाशित भईसकेका छन्। शीतको प्रचार प्रसारको लागि प्रथम शीत ईश्वर कृष्ण के सी ले शीतकर्ण साहित्य पुरस्कारको स्थापना गर्नु भएको छ भने अहिले आएर लव जोशीद्वारा रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कार स्थापना गरिदिनु भएकोले शीत जन्मभूमि पाल्पा धन्य भएको छ। नेपाली साहित्यको विकास र विस्तारका लागि पाल्पाले नवीनतम् योगदानहरू पुर्याउदै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया