कौरव खत्री, गुल्मी: बागलुङ बडिगाडको एक माध्यमिक विद्यालयमा आर्थिक सहयोग जुट्दै गएको छ।
बडिगाड गाँउपालिका-५, ग्वालिचौर टारी, स्थित रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा विद्यालयमा विभिन्न व्यक्तिहरुबाट शुक्रबार सम्म करिब ५५ लाख भन्दा बढी आर्थिक चन्दा संकलन भएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो।
हिरक महोत्सवको अवसरमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौर निवासी हाल अमेरिकामा कर्मथलो बनाउदै आउनु भएका विद्यालयका पुर्व विद्यार्थी शिक्षाप्रेमी राजन प्रसाद आचार्य र श्रीमती सिता आचार्यको परिवारबाट विद्यालयको लागि दुई लाख, एकाउन्न हजार, एक सय, एघार रुपैँया आर्थिक चन्दा सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापकका खरेलले जानकारी दिनुभयो।

“गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार” भन्ने मुल नारा सहित विद्यालय स्थापना भएको ६० औँ बर्ष पुरा गरेको अवसरमा यहि माघ २२ गते देखि २८ गतेसम्म विद्यालयमा हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो।
विद्यालयमा प्राविधिक शिक्षा,छात्राबासको सुविधा, निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन, विद्यालयमा बस सेवा सञ्चालन लगायतका लक्ष्य सहित हिरक महोत्सवको अवसरमा यतिबेला विद्यालयले आर्थिक संकलन अभियानलाई तिव्रता दिएकोे हिरक महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो।
साथै महोत्सवमा विद्यालयका संस्थापक,शैक्षिक, आर्थिक,भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पुर्याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी, पूर्व विद्यालय व्यवस्थापान समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने र महोत्सवमा शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो। हिरक महाेत्सवकाे अवसरमा करिब ३ कराेड चन्दा संकलन गर्ने लक्ष्य रहेको प्रधानाध्यापक खरेलेले जानकारी दिनुभयाे।

२०१९ सालमा स्थापना भइआएको भानु माध्यमिक विद्यालयमा हाल कक्षा १-१२ सम्मका कक्षा सञ्चालन हुदै आइरहेको छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










