Smoking Causes Cancer

बागलुङको निसीखोलामा श्रीमतीको हत्या गरी श्रीमान फरार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बुर्तिबाङ: बागलुङको निसीखोला गाउँपालिका-६ मा एक पुरुषले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्।

निसीखोला गाउँपालिका-६, रोबाङका धनबहादुर घर्तीले आफ्नै ३० वर्षीया श्रीमती मिना घर्तीलाई कुटपिट गरेर हत्या गरी फरार भएका हुन।

शनिबार राती घर्तीले श्रीमती मिनालाई कुटपिट गरेको स्थानीयको भनाई छ। श्रीमतीको मृत्यु भएपछि घर्ती फरार भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

मिनाको हत्या भएको १३ घण्टापछि मात्रै प्रहरीले खबर पाएको थापाले बताउनुभयो। फरार घर्तीको खोज तलास भइरहेको उहाँको भनाई छ। दुई जना बीच पटक-पटक विवाद हुँदै आएको बुझिएको छ। -फाइल फोटो

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया