Salime Malika Krishi Farm

Awareness Campaign

भैँसीलाई शल्यक्रिया मार्फत सुत्केरी गराइयाे



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

नुवाकोट: नुवाकोटको बेलकोटगढी नगरपालिका-१, आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमवार हिजाे शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ।

नुवाकोटमा पशुचौपायाको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बबलु ठाकुरले जानकारी दिए। उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक हप्तासम्म ब्याउन नसकी छटपटाएको भैँसीको त्यही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो।

‘सुत्केरी हुन समय पुगेको भैँसी ब्यथा लागेको एक हप्तासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रुपमा रहेको शल्यक्रियामार्फत् पेट चिरेर पाडो निकालियो।’ पशु सेवा विज्ञ केन्द्रका डा ठाकुरले भने, ‘पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ। घाँसपानी खान थालेको छ।’

सिंचाई
Forest
Ad.

केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाया ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको बताए।

यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाया गुमाउनुपरेको थियो। अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत् किसानको विश्वास जित्न मनोबल उच्च भएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया