Salime Malika Krishi Farm

Awareness Campaign

शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, कार्वाहीको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

राजेश पराजुली, चितवन: शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै अरोमा कलेजका विद्यार्थी आन्दोलित भएका छन्। कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले ल्याबमा सिकाउने क्रममा छात्राहरुको संवेदनशील अंगमा छुने गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कलेजबाट निकाल्न माग गर्दा पनि कलेजले ननिकालेपछि आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन्।

आन्दोलित विद्यार्थीले कलेजमा तोडफोड गरेका छन्। कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेपछि आइतबार यो घटना बाहिर आएको हो।

सिंचाई
Forest
Ad.

विद्यार्थीले कलेज बस, कलेजको झ्यालका सिसा, ब्यानर र कम्प्युटर ल्याबमा तोडफोड गरेका छन्। विद्यार्थीले बालमन्दिर रोडस्थित प्रशासनिक भवन र स्याउलीबजार स्थित ल्याब भएको भवन अगाडि अगाडि ब्यानर र टायर जलाएर विरोध प्रदर्शन पनि गरे। विद्यार्थीका अनुसार ती शिक्षकले अन्य छात्राहरुमाथि पनि यौन दुर्व्यवहार गर्थे।

कक्षा ११ मा अध्ययनरत छात्रा निलम मगरले भनिन्, ‘कम्प्युटर साइन्सका धेरै विद्यार्थीलाई ती शिक्षकले ह्यारेसमेन्ट गरेका छन्। घटना पटक-पटक दोहोरिएपछि यो अवस्था आएको हो।’

घटनापछि प्रहरीले शिक्षक सुवेदीलाई कलेजबाटै नियन्त्रणमा लिएको छ। कलेजले भने ती शिक्षकलाई आइतबार नै जागिरबाट निकालेको दाबी गरेको छ। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया