Salime Malika Krishi Farm

Awareness Campaign

प्रतिनिधि सभामा विजयी रिजाललाई चाँदीको मुकुट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

वीरगञ्ज: पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन्।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका थिए। रिजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो। उपाध्यक्ष मन्जु देवी पनि नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजेशमान सिंहलाई पनि तत्कालीन सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाइदिएका थिए।

वि.सं. २०७४ को निर्वाचनबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा प्रदीपलाई पनि विजय जुलुसका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा एक समर्थकले चाँदीको मुकुट लगाइदिएका थिए। -सेतोमसी

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया