Smoking Causes Cancer

पश्चिम नवलपरासीबाट प्रदेशसभा सदस्यमा गुल्मी पुर्ख्यौली घर भएका बस्नेत विजयी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सुनवल: पश्चिम नवलपरासी क्षेत्र नं. २ को प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन्। राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार आशिष प्रधानलाई पछि पार्दै बस्नेत विजयी भएका हुन। उनको पुर्ख्यौली घर गुल्मीको इस्मा हो। उनको परिवार केही वर्ष अगाडि बसाईसराई गरेर सुनवल झरेको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकट प्रतिस्पर्धी राप्रपाका प्रधानले १२ हजार ३ सय ७७ मत ल्याएर झिनो मतान्तरले पराजित भएका छन्। बस्नेत र प्रधानको मतान्तर मात्रै ७१ रहेको छ। निर्वाचन अधिकृत कार्यालयले जनाएको खड्कालाई विजयी घोषणा गरिसकेको छ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बस्नेतले स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गरि धारा चुनाव चिन्ह लिएर चुनाव लडेका थिए।

सिंचाई
Forest
Ad.

नेकपा एमालेको बलियो संगठन रहेको उक्त क्षेत्रमा यसअघिको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट एमाले नेता बैजनाथ चौधरीले निर्वाचन जितेका थिए। तर, अहिले भने एमालेका उम्मेदवार प्रतिस्पर्धामा निकै पछाडि परेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया