Smoking Causes Cancer

जापानबाट फर्केपछि आफूले पहिले अध्यापन गरेको विद्यालयमा शैक्षिक सामाग्री वितरण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरा स्थित श्री जनज्योति प्राथमिक विद्यालयमा लामो समयसम्म अध्यापन गरेर वैदेशिक रोजगारिको लागि जापान पुगेर जन्मथलो गुल्मी मुसिकोट फर्कनुभएकि कल्पना खरालले विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ।

झण्डै १४/१५ वर्षसम्म अध्यापन गरेर ४/५ वर्षको जापान बसाइबाट फर्कनुभएकि विद्यालयकि पुर्व शिक्षक कल्पना खराल र उहाका पति हरिलाल खराल बुधबार विद्यालयमै पुगेर विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

आफुले अध्यापन गरेको विद्यालय, शिक्षक स्टाफ, विद्यार्थीहरुको मायाले गरिएको सानो सहयोग भएपनि विद्यार्थीमा हौसला बढोस भन्ने उद्धेश्यले सो कार्य गरिएको खरालले बताउनुभयो।

सिंचाई
Forest
Ad.

विद्यालयमा अध्ययनरत ८६ जना विद्यार्थीलाइ शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा खराल दम्पतिसङ्गै विद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारी, शिक्षक विष्णु प्रसाद आचार्य, सरस्वति चालिसे, सङ्गिता खराल, दुर्गा खराल, पवित्रा सापकोटा, गोमा खराल लगायत रहनुभएको थियो।

विदेशमा रहदापनि आफ्नो गाउँठाउँ, विद्यालय, विद्यार्थीहरुलाई गरेको सम्झना र मायाले गरिएको शैक्षिक सामग्री वितरणपश्चात विद्यालयका शिक्षक स्टाफले सहयोगि दुवैजनालाई अबिर लगाएर धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया