गुल्मी: गंगा प्राथमिक विद्यालय मुसिकोट नगरपालिका-२, रातचौर गुल्मीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा टिफिन बक्स वितरण गरेको छ। विभिन्न दाताहरुको सहयोगमा विद्यालयमा अध्ययनरत १ सय जना विद्यार्थीलाई एक कार्यक्रमकाबीच पोशाक र टिफिन बक्स वितरण गरेको हो।
झरुवा बालविकास केन्द्र सहित उक्त विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीका लागि विद्यालय पोशाक र खाजा खाने टिफिन बक्स वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा चन्ददाता कृष्ण बहादुर कार्की, हरि बहादुर खत्री, चन्दादाता विना केसी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।
पोशाक खरिदका लागि मुसिकोट २ मुसिकोट रातचौर स्थायी घर भई हाल वैदेशिक रोजगारीको शिलशिलामा बेलायतमा कार्यरत यम बहादुर खत्रीबाट नगद रु २५ हजार, मुसिकोट-२, ताल्तुङ निवासी हाल बेलायतको लण्डनमा कार्यरत समाजसेवी कर्ण बहादुर कार्कीबाट नगद रु २० हजार र मुसिकोट २ बगैँचा स्थायी घर भई हाल जापानमा कार्यरत थानेश्वर काफ्लेले नगद रु ५ हजार सहयोग गर्नुभएको थियो। उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई पोशाक खरिद गरि उपलब्ध गराईएको विद्यालयले जनाएको छ।
त्यस्तै मुसिकोट २ ताल्तुङ निवासी सोही विद्यालयकी शिक्षिका बिना केसीले विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कौरव खत्रीले गर्नुभएको थियो। -जिटिभी नेपाल
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |