Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङमा धारा जडान गरेको पैसा तिर्न नसकेपछि हत्या पछि बलात्कार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: चुनाव नजिकिएसंगै विभिन्न राजनैतिक दलले घोषणा पत्र मार्फत जनतालाई ठूल्ठूला सपना देखाई रहेका छन्। तर कतिपय समुदायको अवस्था यस्तो छ कि पिउने पानी जस्तो आधारभुत आवश्यकताको सरकारी तवरबाटै सहज पहुँच नहुँदा जघन्य अपराध र लुटपाटमा मान्छे उत्रिन थालेको छ।

छिमेकी जिलला बाग्लुङ्ग नगरपालिका-१, खनियाबासको घटना हो यो। जहाँका एक विपन्न परिवारका पुरुषले आफ्नो घरको धारा जडान गरेको पैसा छिमेकी एक महिलालाई तिर्न नसके पछि उनको हत्या गरेरपनि रिस नमोरेर लासमाथि बलात्कार समेत गरेको रहस्य त्यहाँको प्रहरीले बाहिर ल्याएको छ।

गत असोज २९ गते खनियाबासका २६ वर्षीय प्रकाश योगीले छिमेकी ४२ वर्षीया फुलमाया बोटेको त्यसरी क्रुरतापुर्वक हत्या गरेको रहश्य जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले लामो अनुसन्धान पछि हालै बाहिर ल्याएको हो।

सिंचाई
Forest
Ad.

योगीले ती महिलाको सलले घाँटी थिचेर हत्या गरेपछि बलात्कार समेत गरेर खोल्सामा लगेर फालेको अनुसन्धानबाट खुलेको बाग्लुङ्गका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले जानकारी दिए । ‘घााटी थिचेर अचेत अवस्थामा बलात्कार समेत गरेको निजले स्वीकार गरेका कारण लासमाथि बलात्कार नै भन्नु पर्छ’– यसपी ज्ञवालीले भने–‘ निजले ति महिलाको हत्यापछि गहना लुटेर खोल्सामा लगेर फालेको अभियुक्तले स्वकार गरेका छन् । ’

उनका अनुसार धारो जडान गरेको पैसा ती महिलालाई योगीले तिर्न सकेका थिएनन । जसका कारण जहिले पनि धारोमा पानी थाप्न जाँदा महिलाले उनलाई गाली–गलौज गर्ने र शुल्क नतिरेको भन्दै पानी थाप्न रोक लगाउन खोज्थीन । त्यही रिस साँधेर बसेका योगी उक्त दिन साँझ करिब ४ बजे देखि ५ बजेको आसपासमा ती महिला मजदुरी गरेर फर्किने बाटो कुरेर बस्दै उनको हत्या गरी बलात्कार गरेको र उनका गहना समेत लुटेर खोल्सामा लगेर फालेका थिए ।

अपराधी धेरै दिन बित्दापनि पत्ता लगाउन नसकिए पछि फुलमाया हत्या काण्ड नाम दिइएको यस घटनालाई निर्मला हत्या काण्डसंग जोडेर अधिकारकर्मीहरुले प्रहरीलाई दवाव दिईरहेका थिए । तर हत्या घटनाको एक हप्ता पछि अभियुक्त पत्ता लगाई निर्मला हत्या काण्ड जस्तो गुमराह हुनबाट एसपी ज्ञवालीले जोगाएका छन् । ‘घटना निकै रहश्यमय बन्दै गयो , अन्ततः हामीले अनुसन्धान विज्ञ समेत मगाएर अनुसन्धान मिहिनढंगले गर्यौ’– एसपी ज्ञवालीले भने –‘ धौलागिरी बहिरा माबिको सीसिटीभी क्यामरामा देखिएको योगीको भिडियोपछि पत्ता लगाउन सहज भएको हो । ’

२०४८ सालमा पोखरा बाग्लुङ्ग राजमार्ग खोल्ने क्रममा बोटेमाझीहरु विस्थापित भई बाग्लुङ्गको सदरमुकाम देखि करिव ३ किलोमिटर कालिगण्डकी नदि किनारमा बसोबास गर्दै आएका छन् । उनिहरुको खेतबारी सडक खन्ने क्रममा पुरिएपछि हालसम्म दैनिक ज्याला मजदुरी गर्दै आई रहेका उनिहरु चरम गरिवीमा रहेका छन् । दलहरुले चुनावताका ठूल्ठूला सपना बाँड्नुको साटो त्यस्ता विपन्नहरुको गास बास कपासको ग्यारेण्टी गर्न सके हुन्थ्यो। -ग्लोबल आवाज

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया