Salime Malika Krishi Farm

Awareness Campaign

विपन्नको सहारा बन्दै गुल्मीको तुराङ्ग बहुप्राविधिक शिक्षालय



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: पार गुल्मीको व्यस्त बजार मजुवा पछिल्लो पटक बहुप्राविधिक शिक्षाकाे आधार इलाकाकाे रुपमा विकासित हुन थालेकाे छ। तुराङ्ग बहुप्राविधिक शिक्षालयकाे स्थापनाले मजुवा क्षेत्रकाे महत्त्व अझै बढेकाे देखिन्छ।

त्यसाे त मजुवा चन्द्रकाेट गाउँपालिकाकाे प्रशासकीय केन्द्रकाे रुपमा रहने हैसियत राख्छ। गाउँपालिकाकाे केन्द्र हुन नसके पनि चहल पहलले मजुवाकाे अस्तित्व घटेकाे छैन । अझै त्यसमा प्राविधिक शिक्षालय थपिएपछि प्राविधिक अध्ययनकाे नयाँ पाटाेले पनि मजुवाकाे उचाइ बढेकाे छ ।

वि. सं. २०७७ सालमा स्वीकृत प्राप्त गरेकाे तुराँग वहुप्राविधिक शिक्षालय मजुवामा कृषिकाे वालि विज्ञान,भेटनरी तर्फकाे र सिभिल इन्जिनियरिँग तर्फकाे पनि स्नातक पढाइकाे व्यवस्था भएकाे छ ।

सिंचाई
Forest
Ad.

तिनवर्षे काेर्स पढाइ हुने कृषि वालि विज्ञान, भेटनरी र सिभिल इन्जिनियरिँग मध्ये गत वर्ष देखि कृषि तर्फकाे वालिबिज्ञान तर्फकाे मात्र पढाइ शुरु गरिएकाे र भौतिक पुर्वाधारकाे निर्माण सँगै अरु विषयका पढाइहरु पनि शुरु गरिने तुराँग वहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिप राज पाण्डेले जानकारी दिए ।

यतिबेला मानका टिकाराम बहुमुखी क्याम्पस मजुवाले उपलब्ध गराएकाे छ वटा काेठामा अध्ययन अध्यापन भईरहेकाे प्रमुख पाण्डेकाे भनाई छ ।

सबै फ्याकेल्टी चलाउन हामीलाई करिब एकसय राेपनि जग्गा चाहिने यसका लागि प्रक्रिया जारी रहेकाे पाण्डेकाे भनाई छ ।

कृषि वालिबिज्ञान तर्फकाे डिप्लोमा काेर्समा पहिलाे वर्ष २४ जना भर्ना भएकाे र दाेस्राे वर्ष १७ जना भर्ना भएर अध्ययन गरिरहेका छन।

Awareness by SKF

तुराँग वहु प्राविधिक शिक्षालयमा हाललाई भर्नाका लागि चालिस सिट रहेकाे छ ।

प्राविधिक शिक्षालयलाई भाौतिक पुर्वाधार निर्माणका लागि स्थानीय दाताबाट करिब त्रिचालीस राेपनी जग्गा प्राप्त भएकाे छ र बाँकि जग्गाको व्यवस्थापनकाे तयारी भईरहेकाे स्थानीय सहयाेग समितिका अध्यक्ष चेतन बस्नेतले बताए ।

त्यसाे त रुपाकाेट क्षेत्रतर्फबाट पनि तुराँग प्राविधिक शिक्षालयकाे भौतिक पुर्वाधार बनाउनु पर्ने माग छ र शिक्षालयका लागि जग्गाकाे उपलब्धताका आधारमा पुर्वाधारका केही भाग रुपाकाेट क्षेत्रमा पनि बनाईने बताईन्छ ।

गरिब र विपन्न जसले शहरमा बसेर पढ्न सक्दैनन् उनिहरुकाे पहुँचमा प्राविधिक शिक्षा पुर्याउन स्थापना भएकाे यस शिक्षालयमा हुम्ला, रुकुम, जुम्ला ,लगायतका जिल्लाहरुबाट समेत विद्यार्थी आएर अध्ययन गर्छन ।

पछिल्लो पटक गाउँघरमा सीप र स्वराेजगारकाे आवाज युवाहरूले उठाई रहँदा यस प्रकारकाे बहुप्राविधिक शिक्षालयहरुमा अल्पकालिन र दिर्घकालिन सीप सिकाईलाई जाेडेर ग्रामीण क्षेत्रमा युवाहरुलाई स्वराेजगारकाे व्यवस्थापन गर्नसकििने देखिएकाे छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया