Smoking Causes Cancer

गुल्मीको वामीमा ३९ वर्षिया महिलाको शंकास्पद मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

रामकृष्ण कंडेल, वामीटक्सार: गुल्मीको मुसिकोट नगरपालिका-७, बसेरीमा तालकुमारी कुमालको मृत्यु शंकास्पद देखिएको छ।

मृतक कुमालको हिजो दिउसो १ बजे भएको मृत्यु शंकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यलय तम्घास बाट अपराध अनुसन्धान टोली बोलाई आवश्यक मुचुल्काका साथ पोष्टमार्टम रिपोर्टका लागि शव तम्घास पठाईएको वामी प्रहरी कार्यलय प्रमुख सइ हरि ओलीले जानकारी दिनुभएको छ।

श्रीमान श्रीमतीबिचको आपसी घरायसी विवादको कारण घटना घटेको सई ओलीले बताऊनु भयो। स्थानियहरूले प्रहरीलाई खबर गरे पश्चात प्रहरी कुमालको निवासमा पुगेको र मृतक तालकुमारीका श्रीमान सुर्य कुमाललाई नियन्त्रणमा लिई तम्घास लगेको सई ओलीले बताउनु भयो।

सिंचाई
Forest
Ad.

३ छोराकी आमा तालकुमारीको मृत्यु अत्यन्तै दुःखद रहेको र सत्य तथ्य बाहिर ल्याई दोषि उपर कार्वाही हुन जरूरी रहेको वडाध्यक्ष हरिहर सापकोटाको भनाई रहेको छ। -युनिक खबर/फाइल फोटो

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया