Clean Water Campaign

Awareness Campaign

भव्यतापूर्वक सम्पन्न भयो वामीको तेश्रो नौमति सांस्कृतिक महोत्सव



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: नेपाली मौलिक बाजाको संरक्षण संगै स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा आयोजित तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला भव्य रुपमा सम्पन्न भएको छ।

नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला वामी विश्व सम्पर्क मञ्च अन्तर्गत सांस्कृतिक समितिले असौज २५ र २६ गते नौमती सांस्कृतिक महोत्सवको आयोजना गरेको थियो।

सिंचाई
Forest
Ad.

बुधवार प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले उद्घाटन गर्नुभएको कार्यक्रमको दोश्रो दिन लुम्बिनी प्रदेश सभाका निवर्तमान सांसद खड्क केसीको प्रमुख आतिथ्यता रहेको थियो।

यो पनि: नौमती सांस्कृतिक महोत्सवको पहिलो दिन: एउटै मञ्चमा झल्कियो अनेकौँ संस्कृति

दोश्रो दिन राष्ट्रिय लोक दोहोरी गायक खेम सेञ्चुरी, रामचन्द्र चन्द, तिलक बस्नेत, विष्णु श्रीपाली, उज्जवल गिरी, ओम सेञ्चुरी, मोडल ओबी रायमाझी,अस्मिता रणपाल तथा स्थानीय कलाकारहरु प्रकाश सापकोटा, लिल कुमार छन्त्याल, विर बहादुर बि.क, कमल बराल, कृष्ण बराल, रमेश विश्वकर्मा र धनमाया राना लगायतले आफ्नो सागींतिक प्रस्तुती दिँदै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

Awareness by SKF

दोश्रो एवम् अन्तिम दिनको कार्यक्रममा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो।

साथै सोही अवसर पारेर वामी विश्व सम्पर्क मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको जेहेन्दार एवम् उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ । साविकको वामी गाउँ विकास समिति भित्र रहेका संस्थागत एवम् सामुदायिक विद्यालय मध्ये ११ वटा विद्यालयका ३४ विद्यार्थीलाई झण्डै १ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको हो।

छात्रवृत्ति वितरण कार्यक्रममा वामी विश्व सम्पर्क मञ्च मुल समितिका अध्यक्ष ज्ञानिश्वर काफ्लेको अध्यक्षता एवम् सचिव रामचन्द्र सापकोटाले सञ्चालन गर्नुभएको थियो।

उक्त अवसरमा कार्यक्रम सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने एवम् प्रायोजन गर्ने सम्पूर्णलाई सम्मान समेत गरिएको थियो।

पहिलो दिन मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न झाँकी तथा स्थानीय विभिन्न जातजातिका आ-आफ्नै मौलिक संस्कृति समेत प्रस्तुत गरिएको थियो।

यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्ने उद्देश्य सहित प्रस्तुत गरिएको स्थानीय विभिन्न झाँकीहरुले समग्र स्थानीय संस्कृतिलाई एउटै मञ्चमा प्रतिनिधित्व गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षण मानिएको नौमती बाजा प्रतियोगीता पनि सम्पन्न भएको छ । बागलुङको गल्कोट, तमानखोला, ढोरपाटन तथा बुटवल र गुल्मीका विभिन्न ठाउँका गरी १७ वटा समुहले प्रतियोगीतामा सहभागी भाग लिएका थिए । पञ्चेबाजामा कलाकारहरुबीच दोहोरीका साथमा नृत्य समेत सञ्चालन भएको थियो।

नौमती बाजा प्रतियोगीतामा प्रथम हुँदै ताराखोला बाजा समुहले नगद रु ५५ हजार ५ सय ५५ र ट्रफी हात पारेको छ । त्यस्तै भिरखानी बाजा समुहले द्वितिय हुँदै नगद रु ४४ हजार ४ सय ४४ र बुटबल बाजा समुहले तृतीय हुँदै नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेका छन्।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गरेको हो । समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ४ वर्षपछि गरिएको छ।

वामी विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समिति अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो। सांस्कृतिक कार्यक्रमको सञ्चालन कमल पौडेल र माया पाण्डेले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया