Smoking Causes Cancer

भोलि देखि वामीमा नौमती सांस्कृतिक महोत्सव हुँदै: नगरप्रमुख खरेलले उद्घाटन गर्ने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: नेपाली मौलिक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित वामीमा आयोजना गरिएको नौमती सांस्कृतिक महोत्सव भोलि देखि सुरु हुँदैछ।

नेपाली नौमती बाजाको प्रतियोगीता संगै अन्य विविध सांस्कृतिक कार्यक्रमको साथमा यही असौज २५ र २६ गते आयोजना गरिएको कार्यक्रमको तैयारी सम्पन्न भैसकेको र भोलिदेखि कार्यक्रमहरु भव्य रुपमा सुरु हुने कार्यक्रम संयोजक नारायण सापकोटाले जानकारी दिनुभयो।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले आयोजना गरेको कार्यक्रमको भोलि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै उद्घाटन कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका अंग्रेजी केन्द्रीय विभाग प्रमुख प्रा.डा.जीवलाल सापकोटाको विशेष आतिथ्यता रहनेछ।

सिंचाई
Forest
Ad.

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको प्रागंणमा हुने महोत्सवको पहिलो दिन नौमती बाजा प्रतियोगीतासगैं, मुसिकोट नगरपालिका भित्र रहेका ६ वटा झाँकीहरु प्रस्तुती तथा स्थानीय र राष्ट्र्रिय कलाकारहरुले आफ्नो प्रस्तुती सगैं मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको सापकोटाले जानकारी दिनुभयो । नौमती बाजाका लागि अहिलेसम्म गुल्मी र बागलुङका विभिन्न स्थानबाट १९ वटा पञ्चेबाजा समुह सम्पर्कमा आएको उहाँले बताउनुभयो।

कार्यक्रम बिहान ११ बजेबाट नै सुरु हुने भएकाले सम्पूर्णलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ । रमाईलो मेला सगैं नौमती बाजा र कलाकारहरुसगं रम्नका लागि उपस्थित हुन आयोजकको आग्रह छ।

नौमती बाजा प्रतियोगीतामा प्रथम हुनेले नगद रु ५५ हजार ५ सय ५५, द्वितिय हुनेले नगद रु ४४ हजार ४ सय ४४ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छन्। त्यस्तै सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही वादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया