Smoking Causes Cancer

बुटवलको होटलबाट बागलुङको बडिगाडका सलामी पेस्तोलसहित पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बुटवल: रुपन्देही प्रहरीले रिभल्वर पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएका छन्। वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शुक्रबार बुटवल ९ इटाभट्टीमा रहेको होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामीलाई नियन्त्रणमा लिएको हो।

बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं १ दगातुन्डाँडा घर भइ हाल बुटवल उप-महानगरपालिका ८ सुख्खानगर बस्ने सलामीको साथबाट रिभल्वर पेस्तोल १ थान, सोही रिभल्वर पेस्तोलमा लोड भएको गोली १ थान र अन्य थान २ गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुमती लिई अनुसन्धान भइरहेको रुपन्देहीको भनाइ छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया