Smoking Causes Cancer

गुल्मीबाट नेकपा (बहुमत) निकट केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

तिलाचन पाण्डे, गुल्मी: धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्।

जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रिय महासचिव रुपा बुढामगर सहित झण्डै दुई दर्जन बिद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ।

जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो।

सिंचाई
Forest
Ad.

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कम उमेरका विद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताए।

कम उमेरका बिद्याथीहरुलाई भेला तथा सभा समारोहमा सहभागी गराउन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको खरेलले दाबी गरे।

केन्द्रिय महासचिव रुपा बुढा मगर पनि कम उमेरको हो त भन्ने गुल्मी अपडेटको प्रश्नमा उनले बुढालाई सोधपुछका लागि बोलाइएको उल्लेख गरे।

अन्य बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। सो समूहले यस अगाडि जिल्लामा चन्दा आंतक मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले निगरानीमा राखेको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया