Hi-Speed Computer

Awareness Campaign

तम्घास-सिमलटारी सडकखण्डका चार स्थानमा पक्की पुल बन्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको क्षेत्रनम्बर-२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ। सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ।

तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ-जाउ गर्न समस्या परेको हो । पुल नहुँदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउजाउ गर्न निकै सास्ती खेप्दै आएका हुन्।

वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । गुल्मी जिल्लाका धुर्कोट, मदाने, इस्मा, मालिका र मुसिकोट नगरपालिका भित्रका नागरिहरुलाई फाइदा पुग्दै आएको छ । यो सडक भएर छिमेकी जिल्ला प्युठानसम्म पनि पुग्न सकिन्छ । राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । तर यसबीचमा पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरिरहेको हो।

Forest
Forest
Ad.

मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख शशांक मिश्रले अहिले हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलाका चार वटा पुलको काम सुरु गरेको बताए । वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनको भनाई छ । अहिले पुल नहुँदा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको स्थानीय बिद्यार्थी बसु क्षेत्रीले बताइन्। पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाई हुने गरेको उनले बताइन।

पुल नहँुदा धेरै जोखि बढेको स्थानीय चक्रबन्धु भुसालले बताए । यात्रा गर्दा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था भएको भुसालले बताए । उनले समयमै पुल निर्माण सबैले खबरदारी गर्नुपर्ने बताए। खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुइ तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता रहेको छ । वारिपारि कालोपत्र सडक भए पनि बीचमा पर्ने खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको स्थानीयको भनाई छ।

हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोला खोलामा पुल निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएका छन् । पन्त निर्माण सेवाले फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ । हुलाके र धनार्जी खोलामा पनि पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का सम्झौता गरेको मदन भण्डारी राजमार्गका इन्जिनियर दुर्गा गौतमले बताए । घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ।

फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको मदन भण्डारी राजमार्गका इन्जिनियर गौतमले बताए । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । त्यस्तै धनार्जी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागतमा निर्माण हुनेछ।

Awareness by SKF

धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने इन्जिनियर गौतमले बताए । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसक्नु मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ। -गुल्मी न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया