Salime Malika Krishi Farm

Awareness Campaign

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थीहरु आन्दोलित



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका-५, ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।

विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत विद्यार्थीले विद्यालय परिसरमा विभिन्न प्लेकार्ड राख्दै नाराबाजी गरेका छन्। विद्यार्थीहरुले आईतबार पठनपाठन समेत बहिष्कार गरेका छन्।

विद्यार्थी सुधा खरालले लेखाशास्त्र विषयको शिक्षक नहुँदा आफुहरुको पढाई झण्डै १ महिना देखि प्रभावित भएकाले कक्षा ११ र १२ का विद्यार्थीहरु शुक्रवार देखि आन्दोलनमा उत्रिन बाध्य भएको बताईन्। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि नगरपालिकाले लापरबाही गरेको भन्दै उनले एक हप्तामा विद्यालयमा शिक्षक नआए अझै कडा रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिईन्।

सिंचाई
Forest
Ad.

आन्दोलनरत विद्यार्थीका अनुसार विद्यालयमा लामो समयदेखि लेखाशास्त्र विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ।

विद्यालयका प्रधानाध्यापक डिल बहादुर अधिकारीले यसअगाडी अध्यापन गराईरहनुभएका शिक्षकले श्रावण १६ गते राजिनामा दिएपछि विद्यालय व्यवस्थापन समितिको निणर्य बमोजिम तत्कालै नगरपालिकामा लेखाशास्त्र विषयको पद रिक्त रहेको भनेर जानकारी गराएको बताए।

श्रावण २२ गतेदेखि विद्यालयमा नियमित पठनपाठन भएपनि लेखाशास्त्र विषयको अध्यापन भने हुन नसकेको उनको भनाई छ । “नगरपालिकाले श्रावण २२ गते विज्ञापन पनि गर्यो, भाद्र ५ गतेसम्म रहेको अन्तिम म्यादमा ३/४ जनाको आवेदन परेको भन्ने सुनेको छु, प्रधानाध्यापक अधिकारीले भने, त्यसयता परिक्षा मिति तोकेको र शिक्षक छनौट किन हुन सकेन भन्ने विषय भने थाहा पाउन सकिएन्।”

Awareness by SKF

मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले कार्यालयमा लेखा परिक्षणको काम हुन थालेकाले परिक्षा तोक्ने काम समयमै गर्न नसकिएको स्वीकार गरे। “महालेखा परिक्षकको कार्यालयबाट लेखा परिक्षणका लागि आउने भनेको झण्डै १ महिना हुन लाग्यो।” नेपालीले भने, “लेखापरिक्षणको काम सकेर परिक्षा तोक्ने भन्दा ढिलाई भयो।”

उनले ४/५ वटा विद्यालयको परिक्षा तोक्ने र शिक्षक छनौट गर्ने कार्य अवको एक हप्ता भित्रै गर्ने जानकारी दिए। ईन्द्रेगौँणाको विद्यालयमा पनि एक हत्ता भित्र शिक्षक पठाईने उनले प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया