Place for ads

Awareness

भ्रष्टाचारीलाई जेलमा कोच्ने रवि लामिछानेको उद्घोष



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

स्याङ्जा: राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भ्रष्टाचारीलाई जेलमा कोच्न चेतावनी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार वालिङमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूलाई ठूला दल हुँ भन्नेहरुले जनताको हितमा काम गर्न नसकेकोले स्वतन्त्र पार्टीको स्थापना गरेको जिकिर पनि गरे।

Get Vaccinated

ठूला दलको नेता भन्न रुचाउनेहरुका कारण नै देश बर्वाद हुने स्थितिमा पुगेको बताउँदै उनले भने,‘अहिलेका दलहरुले भ्रष्टाचारको कुनै पनि फाइल खोल्दैनन्, किनभने एकले एउटा फाइल खोल्दा अर्कोले अर्को फाइल खोल्ने भयले अहिलेका दलहरु तैँ चुप मै चुपको अवस्थामा छन्।’ देशको विकासको लागि र नेपाली जनतालाई अन्धकारमा राख्नेहरुलाई जेलमा कोच्न पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकार आवश्यक रहेको उहाँको भनाइ थियो।

देशमा बढ्दै गएको अराजकता, हत्या, हिंसा र बलात्कारका घटना बढ्दै जादा पनि बलात्कारीलाई दलीय संरक्षण दिएर जोगाउँनु दुःखद भएको उनको जिकिर थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया