Salime Malika Krishi Farm

Awareness Campaign

माओवादी केन्द्र गुल्मीबाट थापा प्रदेश सदस्य उमेदवारमा सिफारिस



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर–२ को ‘क’ प्रदेशबाट सो पार्टीका प्रदेश कमिटी सदस्य खुमबहादुर थापा (अशोक) प्रदेश सदस्य उमेदवारका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको पार्टीको प्रदेश कमिटी बैठकले नेता थापालाई मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा प्रदेश सदस्य उमेदवारमा एकल रुपमा सिफारिस गरेको हो । नेता थापालाई प्रदेश सदस्य उमेदवारका लागि एकल निर्णय गरिएको मुसिकोट नगर कमिटी अध्यक्ष दुर्गा बिकले जानकारी दिए।

‘अरु केही साथीहरुले पनि ईच्छा जाहेर गर्नु भएको थियो । तर अधिकांसले खुमबहादुर थापालाई नै सिफारिस गर्नुपर्छ भन्ने माग उठेपछि उहाँलाई मात्र सिफारिस गरियो ।’–अध्यक्ष बिकले भने । थापा माओवादी जनयुद्धदेखि कै पुराना कार्यकर्ता हुन । उनि २०६४ को संविधानसभा निर्वाचनसम्म पूर्णकालिन कार्यकर्ता थिए । मुसिकोट नगरपालिका–३ घर भएका थापा एमाले–माओवादी एकतापछि बनेको नेकपा हुँदा मुसिकोट नगरकमिटी अध्यक्ष थिए।

सिंचाई
Forest
Ad.

२०७४ को निर्वाचनमा मुसिकोट नगरपालिका मेयर पदको उमेदवार रहेका थापा पराजित भएका थिए । २०६४ देखि नै उनी समानुपातिकबाट सांसद बन्ने चर्चा चले पनि त्यो अवसर पाएका थिएनन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया