Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा जनतालाई कर उपहार: व्यवसायीलाई झण्डै तीन गुणा बढी करको भार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मीको इस्मा गाउँपालिकाले व्यवसाय नवीकरणमा झण्डै तीन गुणा बढीले कर वृद्धि गरीे स्थानीयहरुलाई करको उपहार दिएको छ।

यस अगाडि व्यवसाय नविकरण गर्दा रु. चार समयमा गर्दै आइएको र अहिले यसलाई बढाएर एक हजार पाँच सय रुपियाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ।

इश्मा गाउँपालिका नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको अध्यक्षको उम्मेद्वार समेत रहनुभएका हीरा एसीले वर्तमान सरकारले जनतालाई करको उपहार दिएको टिप्पणी गरे। स्थानीय सरकारले जनतालाई राहत दिने भन्दा पनि करको दर बढाएर जनताको ढाड सेक्ने गरी काम गरेको आरोप उनले लगाए।

सिंचाई
Forest
Ad.

अहिलेको स्थानीय सरकारको ध्यान बाटो खन्ने, खरिद गर्ने, भवन निर्माणमा र निश्चित व्यक्तिलाई लाभ हुने बाहेकका अन्य कामहरु नभएको उनको आरोप छ। यहि गतिमा स्थानीय सरकार अगाडि बढेमा जनताले विद्रोह गर्न समेत पछाडि नपर्ने उनले चेतावनी दिए।

इश्मा गाउँपालिका वडा नम्बर पाँचमा सिर्जना स्टोर्सका संचालक पशुपति पैयानीले स्थानीय सरकारले राहत देला भनेको त कर बढाएर करको उपहार दिएको गुनासो गरिन्।

गाउँमा वार्षिक ५० हजारको पनि व्यापार नहुने भन्दै उहाँले कर कार्यालय र गाउँपालिकालाई कर बुझाउनुपर्ने समस्याले गर्दा व्यापार नै बन्द गर्नुबाहेकको विकल्प नरहेको उनले गुनासो गरिन्।

यता गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहनुभएका भगतसिंह खड्काले करको दरमा परिवर्तन गरिएको बताए। उनले अहिलेको अवस्थामा बार्षिक रुपमा एक हजार पाँच सय रुपियाँ तिर्न नसक्ने कोही पनि नभएको बताएका छन्।

Awareness by SKF

व्यवसायीहरुलाई यो कुनै ठूलो कुरा नभएको भन्दै बाहिर यसलाई अतिरञ्जित बनाइएको खडकाको भनाई छ। खबर मार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया