Hi-Speed Computer

Awareness Campaign

नेपाल टेलिकमको नाममा फैलियो खतरनाक भाइरस, सजगता अपनाउन आग्रह



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडाैं: आधुनिक प्रविधि र ग्याजेट सम्बन्धी जानकारी दिने पोर्टल टेकपाना डटकमका अनुसार नेपाल टेलिकमकाे १८औं वार्षिकाेत्सवकाे अवसरमा विभिन्न उपहारहरु दिने नाममा शेयर भएकाे लिङ्कमा मालवेयर भेटिएकाे छ।

मेसेन्जर, जीमेल, माेबाइल एसएमएस लगायतका माध्यमबाट आउने यस्ता लिङ्कमा ‘फर्मबुक’ नामकाे खतरनाक मालवेयर भेटिएकाे हाे।

साइबर सुरक्षा जानकार विजय लिम्बुका अनुसार याे मालवेलयर रूसी साइबर अपराधीहरुद्वारा नेपाली काेर्पोरेट क्षेत्रलाई लक्षित गरिएकाे साइबर आक्रमण हाे । तर, यस लिङ्क क्लिक गर्ने जाे काेही पनि आक्रमणकाे शिकारमा पर्न सक्छन्।

Forest
Forest
Ad.

एक पटक तपाईंले याे लिङ्कमा क्लिक गरेपछि मालवेयरकाे फाइल स्वत: डाउनलाेड भएर सक्रिय हुने बताइएकाे छ। यसले तपाईंकाे डिभाइसकाे वेब ब्राउजरमा भएका क्यास डेटा, स्क्रिनशटहरु र की-स्ट्राेक्सहरु लगायत धेरै प्रकारका डेटा चाेर्नसक्छ।

सन् २०१६ मा पहिलाे पटक देखिएकाे यस मालवेयरले संसारमा हुने कुल साइबर आक्रमणमा १६ प्रतिशत भूमिका खेल्ने लिम्बु बताउँछन्।

प्राय: युक्रेन र पूर्वी युराेपमा हुने यस आक्रमण नेपालमा समेत फैलिएकाे छ। यसबाट बच्न यस्ता शंकास्पद लिङ्क क्लिक नगर्नु नै उत्तम उपाय हाे।

यदि गल्तिवश क्लिक गरिहाल्नुभयाे भने तत्काल आफ्नाे साेसल मिडिया, वित्तीय संस्थालगायतका अनलाइन अकाउन्टकाे पासवर्ड परिवर्तन गरी महत्त्वपूर्ण फाइलहरुकाे ब्याकअप राखेर डिभाइस रिसेट गर्नुहाेस्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया