Clean Water Campaign

Awareness Campaign

छायाँक्षेत्र मन्दिरमा गाडियो २५ फुट अग्लो त्रिशूल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

स्याङ्जा: स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा त्रिशूल स्थापना गरिएको छ।

समाजका विभिन्न सहयोगीहरुबाट संकलन गरिएको रकमबाट त्रिशूल खरिद गरी छायाँक्षेत्र मन्दिरमा स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

२५ फुट अग्लो त्रिशूल निर्माणको लागि १ लाख ३० हजार मूल्य लागेको बुझिएको छ। उक्त त्रिशूललाई छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ र भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छायाराम खनालले एकसाथ अनावरण गर्दै यस क्षेत्रको प्रसिद्ध छायाँक्षेत्र मन्दिरलाई देशव्यापी प्रचारप्रसार गर्न सबैमा अनुरोध समेत गरे।

सिंचाई
Forest
Ad.

स्वस्थानी व्रतकथामा समेत उल्लेख गरिएको र स्याङ्जा जिल्लाकै प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा १०८ जलधारा समेत निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ। साउन महिनाभर शिव अनुयायीको यस मन्दिरमा घुइँचो लाग्ने गर्दछ भने शिवरात्रि तथा एकादशी पर्वमा समेत भक्तजनको यहाँ भीड हुने गर्दछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया