Awareness

Get Vaccinated

गुल्मीमा कोभिड खोप अभियान: ५ देखि ११ बर्षका करिब ३५ हजार बालबालिकाले खोप लगाउँदै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड-१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सुरु भएको छ। जसका लागि सरोकारवालासंग छलफल तथा जनशक्ति व्यावस्थापन, प्रशिक्षण र योजना निर्माणको काम थालिएको स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख पशुपति आचार्यले जानकारी दिए।

नेपालभर यो खोप प्राप्त गर्ने ५ वर्ष देखि ११ वर्षसम्मका ३९ लाख ९५ हजार आठ सय ६८ र गुल्मीमा ३४ हजार छ सय ७५ बालबालिकाहरु रहेका छन् । अहिले स्वास्थ्य कार्यालय गुल्मीले सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी र खोप कार्यकर्ताहरुको अभिमुखिकरण गरिरहेको छ।

अभिमुखिकरणपछि बिद्यालयहरुमा खोप संचालन गरिने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए । स्वास्थ्यकर्मी र खोप कार्यकर्ताले गाउँगाउँका विद्यालयहरुमा प्रचारप्रसार तथा समन्वय गर्नेछन् । अभिमुखिकरणमा कोभिड–१९ विरुद्धको खोप अभियानको अवस्था र आगामी कार्यनीति वारे जानकारी गराउने, ५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोपको भण्डारण, तयारी र प्रयोग गर्ने तरिका वारे व्याख्या गर्ने, फाइजर–बायोएनटेक खोप लगाएपछि हुनसक्ने अवाञ्छित घटना (ए.ई.एफ.आई.)को पहिचान र व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने बिषयमा जानकारी गराइने जनस्वास्थ्य निरिक्षक अर्यालले बताए।

त्यस्तै यो खोप अभियान सञ्चालनको सुक्ष्म योजना तयार गर्ने, यो खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न सूचना, सञ्चार र सामाजिक परिचालनका क्रियाकलापहरू वारे जानकारी गराउने, र यो खोप अभियानमा प्रयोग गरिने सुपरीवेक्षण र अनुगमन चेकलिष्ट र अभिलेख तथा प्रतिवेदन फारमहरूको वारेमा जानकारी गराउने उदेश्यले अभिमुखिकरण संचालन गरिएको अर्यालले बताए ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका जनस्जवास्थ्य अधिकृत बसन्त कुमार श्रेष्टले यो अभियानलाई जिल्लाभर प्रभावकारी रुपमा संचालन गर्न सवैको आवश्यकता पर्ने बताए । उनले स्थानीय तह, प्रशासन, स्वास्थ्य संस्था, स्वाथ्यकर्मी एवं बिद्यालय, शिक्षक र पत्रकारहरुको बिशेष भूमिका हुने बताए । साथै अभियानको बारेमा जानकारी दिदै श्रेष्टले भेरोसेल लगाएकाले कोभिशिल्ड, एस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन मोडेर्ना वा फाइजर (एडल्ट) दोस्रो तथा बुस्टर खोप लगाउन सकिने बताए।

त्यस्तै कोभिशिल्ड वा एस्ट्राजेनिका लगाएकाले मोडेर्ना वा फाइजर, जोन्सन एण्ड जोन्सन लगाउन सकिन्छ । जोन्सन एण्ड जोन्सन लगाएकाले कोभिशिल्ड वा एस्ट्राजेनिका र मोडेर्ना वा फाइजर खोप लगाउन मिल्ने जनस्वास्थ्य अधिकृत श्रेष्टले बताए । उनका अनुसार मोडेर्ना लगाएकाले कोभिशिल्ड, एस्ट्राजेनिका, वा जोन्सन एण्ड जोन्सन तथा फाइजरको दोस्रो तथा बुष्टर डोज लागउन सकिने छ । फाइजर लगाएकाले कोभिशिल्ड, एस्ट्राजेनिका, वा जोन्सन एण्ड जोन्सन वा मोडेर्नाको दोस्रो वा बुस्टर खोप लगाउने सकिनेछ ।

Awareness by SKF

जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री र प्रमुख जिल्ला अधिकारी पुण्डबिक्रम पौडेलले बिगतका खोप अभियान प्रभावकारी भएकाले अहिलेपनि सोहि अनुसार सहयोग र समन्वयमा लाग्न सवैलाई आग्रह गरे । अभियानमा बच्चा र खोप संवेदनशिल बिषय भएकाले सवै तहबाट बिशेष ख्याल गर्नुपर्नेमा खत्री र पौडेलको जोड रहेको छ । उनीहरुले अभियाननै प्रभावित हुने गरेर कहिँकतैबाट त्रुटि भए त्यसको क्षति ठुलो हुने भएकाले संवेदनशिल बिषयमा गम्भिरताका साथ लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे। स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्यले नबुझ्ने र आत्तिने उमेर समुहका बालबालिका भएकाले काममा चुनौति भएपनि उर्जाका साथ अभियान सम्पन्न हुने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया