Awareness

गुल्मीको घोर्ले मावि जोखिममा, १५ वर्ष लगाएर निर्माण गरिएको ग्याभिङवाल एकैचोटी भत्कियो

खबर प्रमुख खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको रेसुंगा नगरपालिका १३ स्थित घोर्ले मावि जोखिममा परेको छ। विद्यालय नजिकैबाट ग्याभिङवालसंगै पहिरो खसेपछि विद्यालय जोखिममा परेको हो। दुई पटक गरेर विद्यालय वारपारको ग्याभिङ वाल पूर्ण रुपमा भत्किएको छ।

बिद्यालयको ग्राउण्ड सानो भएपछि पटक–पटक गरेर बिद्यालयको कम्पाण्डभरी ग्याभिङवाल लगाइएको बिद्यालयका प्रध्यानाध्यापक हिरासिंङ सराङकोटीले जानकारी दिए । अहिले पुरै वाल भत्किएपछि बिद्यालयलाई निकै ठुलो जोखिम भएको छ । केहि भाग ग्याभिङवाल एक महिना पहिले खस्यो । बिद्यालयले सुरक्षाका लागि तारजाली लगायो । तीन दिन अघि बाँकी पुरै ग्याभिङवाल खस्यो ।

Get Vaccinated

पानी परे बिद्यालयको पक्की शौचालयनै भत्किने अवस्थामा रहेको प्रध्यानाध्यापक सराङकोटीले बताए । उनले अहिले नियमित कक्षा बन्द गरिएकोले बिद्यालय संचालन अगावै कुनै उपाय नगरि नहुने बताए । बिद्यालय मात्रै जोखिममा परेको छैन् । पहिरोले सडक पुरेपछि बिद्यालय पुग्ने बिद्यार्थी र शिक्षकहरुलाई सास्ती भएको छ। ‘दिउँसो पढ्न थालेका बेला वाल भत्किदा निकै डर लाग्यो । विद्यालय निकै जोखिमपूर्ण बन्यो,‘कक्षा ९ मा अध्ययन गर्ने सुशिल खत्रीले भने,‘पहिरोले सडक समेत पुरेकाले बिद्यालय पुग्नै मुस्किल पर्छ ।’ बिद्यालयमा दुई सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन्।

डेढ दशकको लगानी बग्यो

बिद्यालय त्यतिकै पनि पहाडको टुप्पामा छ । त्योसंगै बिद्यार्थीहरुको लागि प्रयाप्त खेल मैदान छैन् । भएकै खेल मैदान पनि सानो भएपछि बिद्यालयले डेढ दशकदेखि ग्याभिङवाल बनाउँदै आएको छ । १० बर्ष अघि मन्त्रालयको २० लाख, ०७५/०७६ मा संसद विकास कोष मार्फत आठ लाख र गत बषै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आठ र नगरपालिकाको पाँच गरेर करिव ४१ लाखको लागतमा ग्याभिङवाल निर्माण गरिएपनि त्यो सवै एकैचोटी भत्किएको पुर्व वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए । खत्रीले अब पानी परे २० लाखमा निर्माण गरिएको पक्की शौचालय पनि भत्किने भएकाले तत्काल समाधानको उपाय खोज्नुपर्ने बताए।

अनुगमनको भोलिपल्ट नै भत्कियो पर्खाल

Awareness by SKF

ग्याभिङवाल निर्माण गर्न रेसुंगा नगरपालिकाको पनि पाँच लाख लागत परेकाले उपमेयर अमृता देवि कुवंर बिद्यालय अनुगमनमा पुगिन् । उनले अनुगमनमा ग्याभिङवालको अवस्था देखेर आफुले भत्किने जोखिमका बारेमा प्राविधिकलाई संकेत पनि गरिन् । तर, प्राविधिकले बेस बलियो भएकाले केहि नहुने बताए । अन्तत: ग्याभिङवाल पुरै भत्कियो । ‘प्राविधिक ज्ञान नभएपनि वालको अवस्था देखेर मैले त्यो बेलानै प्राविधिकलाई सचेत बनाएँ । तर, मलाई जमिन बलियो देखाए,’उनले भनिन,‘अहिले ठुलो क्षति भयो केहि समयमै जोखिम न्यूनिकरणका उपाय खोज्छौ। ’ स्थानीय केहि व्यक्तिले भुगोलको अध्ययनबिनै इष्टिमेट गरेर वाल थप्दै जाँदा क्षति भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *