Clean Water Campaign

Awareness Campaign

गुल्मीमा सम्पन्न तेस्रो पुलचोक कपको उपाधि सिद्धबाबा माध्यमिक विद्यालयलाई



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: तेस्रो पुलचोक कपको उपाधि सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीले उचालेको छ।

पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा सञ्चालित तेस्रो पुलचोक जिल्लास्तरिय छात्रा फुटबल प्रतियोगितामा पालुखा माध्यमिक विद्यालय इस्मा गाउँपालिका-२, पालुखालाई ३-१ गोलले हराउँदै सिद्धबाबा माध्यमिक विद्यालयले उपाधि जितेको हो।

पहिलो हाफमा दुवै टालीले बराबरी खेलेका थिए । दोस्रो हाफमा पालुखा माध्यमिक विद्यालयकी छात्रा पुजा ठकुरीले एक गोल गर्नुभयो। त्यसपछि सिद्धबाबाका लागि बन्दना गाहा मगरले दुई तथा केशरी पुनले गोल गर्दै टोलीलाई जिताउनुभयो।

सिंचाई
Forest
Ad.

यससँगै सिद्धबाबाले लगातार तेस्रो पटक उपाधि चुमेको हो। उपाधिसँगै सिद्धबाबाले २५ हजार रुपियाँ पुरस्कार पायो। उपविजेता पालुखा माध्यमिक विद्यालयले १५ हजार रुपियाँ पायो।

प्रतियोगितमा बेस्ट डिफेन्डर सिद्धबाबाकी छात्रा जया कुँवर बन्नुभयो। सोही विद्यलयकै समिक्ष रेश्मी उत्कृष्ट गोलरक्षक, बन्दना गाहामगर सर्वाधिक गोल कर्ता बन्नुभयो।

सवोत्कृष्ट खेलाडी पालुखा माध्यमिक विद्यालयकी पुजा ठकुरी र इमरजिङ प्लेयर आदर्श विद्या आश्रमकी एन्सिला थापा बन्नुभयो । अनुशासित टोलीको पुरस्कार ब्रिलियण्ट युनाइटेड एकेडेमी तम्घासले पायो।

सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा साउन ११ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगितामा जिल्लाभरका १० विद्यालयले भाग लिएको क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया