Awareness

Get Vaccinated

जिल्ला समन्वय समितिमा मुसिकोट नगरपालिकाकी सभासदस्यको उम्मेदवारी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सागर भण्डारी/ओझेलका खबर संवाददाता, गुल्मी: जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनका लागि सोमबार दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। असार १ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट मुसिकोट नगरपालिकाकी सभा सदस्य सावित्रा पाण्डे भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा समन्वय समितिको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका द्रोण बहादुर खत्री र नेकपा एमालेको तर्फबाट युवराज न्यौपानेको उम्मेदवारी परेको छ। शर्मा स्थानीय तहको निर्वाचनमा चन्द्रकोट गाउँपालिका वडा नं ३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो भने न्यौपाने सत्यवती गाउँपालिका वडा नं ६ बाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो।

त्यसैगरी गठबन्धनको तर्फबाट उपप्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी र नेकपा एमालेको तर्फबाट रमादेवी पुनको उम्मेदवारी परेको छ। सलामी स्थानीय तहको निर्वाचनमा कालिगण्डकी गाउँपालिका वडा नं ६ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो भने एमालेको तर्फबाट उम्मेदवारी दिनुभएकी पुन चन्द्रकोट गाउँपालिका वडा नं ५ बाट वडासदस्य पदमा विजयी हुनुभएको थियो।

त्यस्तै सदस्यमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका महेश्वर भण्डारी, सुनिता जिसी कुँवर, शेर बहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका सावित्रा भण्डारी, नेकपा माओवादी केन्द्रका वीर बहादुर कार्की र राष्ट्रिय जनमोर्चाका निरमाया रानाको उम्मेदवारी दर्ता भएको छ। भने नेकपा एमालेको तर्फबाट पिताम्बर अर्याल, कृष्ण प्रसाद भण्डारी, ज्ञानप्रसाद श्रेष्ठ, सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थीको उम्मेदवारी परेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भोलि जेठ ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ।

२४ जना मतदाता
गुल्मीमा जिल्ला समन्वयको निर्वाचनका लागि २४ जना मतदाता रहेका छन्। १२ पालिकाका स्थानीय तहका प्रमुख/अध्यक्ष एवम् उप-प्रमुख/उपाध्यक्षले मतदान गर्नेछन्।

Awareness by SKF

समन्वय समितिको निर्वाचनका लागि काँग्रेस र एमालेका १०/१० एवम् माओवादी केन्द्रका चार मतदाता छन्। जिल्ला समन्यव समितिमा एक प्रमुख, एक उप प्रमुख, तीन खुला सदस्य, तीन महिला सदस्य र एक दलित सदस्य रहने व्यवस्था रहेको छ। जिल्ला समन्वय समिति गुल्मीको निर्वाचन असार १ गते हुँदैछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया