Awareness

Get Vaccinated

चेक गणतन्त्रवासी नेपालीले गरे नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

चेक गणतन्त्र: वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिले चेक गणतन्त्रमा वैशाख चार गते आइतबारको दिनमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

शुभकामना आदानप्रदान कार्यक्रमका सभापति गंगा सापकोटा (धर्मपत्नी स्व. लिलाम्बर सापकोटा) हुनुहुन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि छत्र अधिकारी, विशिष्ट अतिथि डा. कृष्ण सापकोटा, खडानन्द आचार्य र अर्जुन सापकाेटा रहनुभएको थियो भने अतिथिहरु संदिप आचार्य, लिला आचार्य, अञ्जना रायमाझी, करण बोहोरा हुनुहुन्थ्यो।

सभापति बाट दिप प्रज्वलन, राष्ट्रिय गान लगत्तै नेपाली संस्कृति झल्काउने गीतमा नेपाली पोसाकमा सजिएका स्मृति रायमाझी र उनकी चेक रिपब्लिकन साथी पेत्राले अत्यन्तै कलात्मक नृत्य सँगै कार्यक्रम शुभारम्भ गरिएको थियो।

कार्यक्रममा लोक गायिका अञ्जना रायमाझी, लोक गायक तथा साँस्कृतिक समितिका अध्यक्ष बैकुन्ठ रायमाझी, कवियत्री शोभा कोइराला लगायतका कर्णप्रिय प्रस्तुतिले कार्यक्रम अत्यन्तै सुन्दर बनेको थियो। नौमती वाद्यवादन बिच एकल तथा दोहोरी गायन सँगै गरिएका कलाकौसल नृत्यको कारण कार्यक्रम रमाइलो र अविष्मरणीय बनेको थियो। जुनकुरा दर्शकहरु मन्त्रमुग्ध भई झुमिरहेकोबाट पनि जान्न सकिन्थ्यो।

Awareness by SKF

कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य उक्त कार्यक्रमका प्रायोजक समेत रहनुभएका विशिष्ट अतिथि डा. कृष्ण सापकोटाले राख्नुभएको थियो भने वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिका प्रमुख सल्लाहकार तथा त्रिवी केन्द्रीय विभाग अंग्रेजी विभागिय प्रमुख प्रा.डा. जिवलाल सापकोटाज्यूले पठाउनुभएको निम्न शुभकामना संदेश समेत वाचन गरिएको थियो।

शुभकामनाका शब्दकुसुम

नयाँ वर्ष-२०७९ ले
हामीमा
आशाका गुलाबी क्यान्भासभरि
भरोसाका सतिसाल वृक्षहरू काेरियून्;

नूतन सङ्कल्प, नवीन शैली;
जीवन्त जोश, अविरल स्फूर्ति;
र अप्रतिम कल्पनाशीलता;
तापत्रय चिन्तन, क्रान्तदर्शी दृष्टि;
तत्त्वदर्शी अभीष्ट,
शिष्ट जीवन-यापन;
जनकल्याणकारी योजना;
सार्थक कर्म, सुन्दर सिर्जना;

सब सब लिएर
विषम परिस्थितिमा पनि
बनाउँदै
संयमित मनस्थिति
आवेग होइन, विवेक प्रयोग गर्दै
आफू, परिवार, समाज
अनि निखिल जीवजगत्को
सुखसयलखातिर
अव्रिश्रान्त क्रियाशील हुन
हामीमा अझै हुटहुटी जगाओस्
यही नै सम्पूर्णमा हार्दिक शुभकामना!

जीवलाल सापकोटा
कीर्तिपुर, काठमाडौं ।

लाइभ नौमतीबाजा सहित गरिएको कार्यक्रम भएकोले विभिन्न नाचगान कार्यक्रम गरिए भने आयोजकले नौमती बाजा समूहका साथीहरु अशोक परियार, विक्रम रायमाझी, ओम छेत्री, गणेश अधिकारी, मेग खत्री, विष्णु थापा, अन्जना रायमाझी लगायतलाई खादा र अबिर लगाएर सम्मान गरिएको थियो।

अन्त्यमा अत्यन्तै कुसल नृत्यांगना स्मृति रायमाझीको सुन्दर नृत्य संगै कलाकारहरु सहनाइवादक अशोक परियार, नृत्यांगना स्मृति रायमाझी, पेत्रा र गायिका अञ्जना रायमाझीलाई कार्यक्र‍मका सभापति र प्रमुख अतिथिको कर कमलबाट खादा र पुष्पगुच्छाले सम्मान गरेपछि कार्यक्रम समापन गरिएको थियो।

@ojhelkakhabarवामी-विश्व सम्पर्क मञ्चद्वारा नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका झलकहरु♬ original sound OjhelkaKhabar.com

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया