Awareness

गुल्मीका २४ वर्षीय युवाले गरे मेयर पदमा उम्मेदवारी घोषणा

खबर प्रमुख खबर राजनीतिका खबर स्थानीय निर्वाचन-२०७९

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीमा २४ वर्षीय युवाले मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षीय विपिन विश्वास रायमाझीले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

Get Vaccinated

राजनीतिमा नेतृत्व परिवर्तन पटक पटक हुँदा पनि तल्लो तहका नागरिकको जीवनस्तरमा भने कुनै परिवर्तन हुन नसकेकाले अवस्था परिवर्तनका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ।

‘विभिन्न कालखण्डमा परिवर्तन भएका नेतृत्वको ऐजेण्डा र कार्यशैली एकै प्रकारको छ उनले भने यो क्षेत्रमा वैकल्पिक र साँच्चिकै तल्लो तहका नागरिकको जीवनस्तर सुधार गर्ने नेतृत्वको जरुरत छ त्यही कारण मैले उम्मेदवारी घोषणा गरेको हुँ। उनले भने।’

राजनैतिक प्रति जनताको वितृष्णा अन्त्य गर्ने र समग्र युवापक्तिंहरुको प्रतिनिधित्व गर्ने गरी आफुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको रायमाझीको भनाई छ।

त्यस्तै विगतमा ५ वर्षका लागि चुनिएका स्थानीय सरकारका प्रमुखहरुले नागरिकसगं गरेका वाचा पुरा गर्ने भन्दा पनि सिमित र व्यक्तिगत स्वार्थमा रुमल्लिएकाले ती कदमहरु चिर्दै नागरिकहरुको आधारभूत आवश्यकताको प्रत्याभूती दिलाउने गरी उम्मेदवारी दिएको रायमाझीले बताए।

Awareness by SKF

सामाजिक क्षेत्रमा क्रियाशिल रायमाझीले आफुले तल्लो तहको नागरिक (भुईं मान्छे) को हैसियत बदल्ने गरी सोँच बनाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *