Awareness

गुल्मीको रेसुङ्गामा हिउँ खेल्नेको घुँईचो (फोटो फिचर सहित)

खबर फोटो फिचर

Place for ads

जनक पन्थ, गुल्मी: बिहिवार रातीबाट पानीसँगै गुल्मी जिल्लाको रेसुङ्गामा हिउँपरेसँगै स्थानिय हर्षित भएका छन्। शनिवार रेसुङ्गामा हिउँ सहितको फोटो खिच्न र खेल्नको लागि जानेहरुको घुइँचो लागेको छ।

शनिवार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा बिहानैदेखि स्थानियहरु हिउँमा खेल्न र हेर्न जाने गरेका छन्। वर्षातसँगै जिल्लाको रेसुङ्गा सहित उच्च स्थानमा रहेका पहाडी भागमा हिमपात भएको हो। रेसुङ्गामा गत पुस १५ गते पनि हिमपात भएको थियो। तर यसपटक व्यापक हिमपात भएको थियो रेसुङ्गामा परेको हिउँमा फोटो खिच्न तथा अवलोकन गर्न बिहानैदेखि स्थानियहरु पुगेका हुन्।

Get Vaccinated

धेरैले समाजिक संजालमा रेसुङ्गाको हिउँ सहितका तस्विरहरु राख्दै खुसी साटेका छन्। रेसुङ्गामा पुगेर रमाउनेहरु सौभाग्ले हिउँ हेर्न र समाउन पाएको भन्दै खुसी ब्यक्त गरेका छन् । हिउँ हेर्न जानेहरुको लर्को देख्दा रेसुङ्गामा लाग्ने मेलामा भन्दापनि वढिनै स्थानियहरु पुगेका छन्।

हिमपातले तम्घास बजारमा अत्याधिक चिसो बढेको छ। चिसोका कारण बजारमा चहलपलह समेत घटेको छ। उच्च स्थानमा हिउपरेसँगै चिसो बढेको छ। जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे,थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको सजलै देख्न सकिन्छ।

उच्च ठाउँमा परेको हिमपातले नजिकैका वस्तीहरुमा धेरै चिसो बताएको स्थानियले बताएका छन्। वर्षातले कृषकहरुले लगाएका तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ।

फोटो: अनिता खत्री

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *