Clean Water Campaign

Awareness Campaign

गुल्मीका गाउँ-गाउँमा कोभिड संक्रमणको जोखिम, रुरुका गाउँमा ५० प्रतिशतमा संक्रमण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गाउँ-गाउँमा कोभिड-१९ को संक्रमणको जोखिम रहेको पाइएको छ। स्वास्थ्य कार्यालय गुल्मीले कोभिड-१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा र्यान्डम्ली एन्टिजेन परिक्षण थालेको छ।

सोमबार रुरु क्षेत्र गाउँपालिकाका तीन ठाउँमा एक सय ३२ जनाको कोभिड-१९ परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको छ। रुरुका टक्सार, बम्घा र थानपति गाउँमा भेटिएका सबैलाई एन्टिजेन परिक्षण गरिएको थियो। परिक्षण गरिएका ५० प्रतिशतमा संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए।

आचार्यका अनुसार संक्रमित मध्ये १५ प्रतिशत बालबालिका रहेका छन्। उनले छोटो समयमै गाउँ-गाउँमा संक्रमण भएकाले स्वास्थ्य सुरक्षा र रुरुको टोल शिक्षा रोक्न सुझाव दिए। ‘तीन गाउँमा भेटिएका नागरिकलाई र्यान्डम्ली एन्टिजेन परिक्षण गर्दा ५० प्रतिशतमा संक्रमण सामान्य कुरा होइन,’ उनले भने, ‘अझै केहि समय सरकारी कार्यालय र बिद्यालयले ख्याल गर्नुपर्छ।’ उनले मंगलबार छत्रकोट त्यसपछि कालिगण्डकी र मालिका लगायतका पालिकाहरुका गाउँमा परिक्षण गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख आचार्यले बताए।

सिंचाई
Forest
Ad.

जिल्लामा अहिले पाँच सय ४३ जना संक्रिय संक्रमित रहेका छन्। जिल्लामा अहिलेसम्म एक लाख ३५ हजार छ सय ४६ ले पहिलो र एक लाख दुई हजार दुई सय ९० जनाले कोभिड-१९ विरुद्धका दोस्रो खोप पाएका छन्।

प्रशासनले आंशिक सेवा प्रवाह गर्ने
जिल्ला प्रशासन कार्यालय गुल्मीले माघ ११ गतेबाट बन्द गरेको सेवा प्रबाह आंशिक रुपमा संचालन गर्ने निर्णय गरेको छ। सार्वजनिक सूचना प्रकाशन गरेर माघ १९ गतेबाट राहादानी वितरण, दलित, आदिवासी जनजाति र पेन्सन प्रमाणीत सम्बन्धी काम गर्ने जनाएको छ।

त्यस्तै माघ २३ गतेबाट स्थानीय तहको पालो बाँडेर नागरिकता सम्बन्धी सेवा सुचारु गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए। आइतबार र सोमबार रुरु क्षेत्र गाउँपालिका, सत्यवति गाउँपालिका, कालिगण्डकी गाउँपालिका र चन्द्रकोट पाउँपालिकाका नागरिकले नागरिकता सम्बन्धी सेवा पाउनेछन्।

त्यस्तै मंगलबार र बुधबार मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकको पालो निर्धारण भएको छ। भने बिहिबार र शुक्रबार रेसुंगा नगरपालिका, गुल्मी दरवार गाउँपालिका, छत्रकोट र धुर्कोट गाउँपालिकाका नागरिकलाई नागरिकता सम्बन्धी सेवा प्रबाह हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सेवा दिन आउँदा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया