Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा कोरोना संक्रमण तिव्र, जिल्लाकै एकमात्र परीक्षण प्रयोगशाला भने बन्द



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

तिलाचन पाण्डे, तम्घास: गुल्मीमा दैनिक रुपमा कोरोना संक्रमण दर बढ्दो क्रममा छ। गुल्मीका गाउँ बस्तीहरुमा अहिले कोरोना फैलिएको छ।

तर, गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने रकम अभावका कारण बन्द छ। स्थानीय तहहरुले रकमको जोहो गरेर जेनतेन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो।

गुल्मीकै २ शक्तिशाली तत्कालीन केन्द्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बराल हुँदासमेत गुल्मीको कोरोना परीक्षण प्रयोगशालाले स्थायित्व नपाउनु दुःखद् भएको गुल्मेलीहरुले बताउँदै आएका छन्।

Forest
Forest
Ad.

दैनिक रुपमा एक सयको हाराहारीमा स्वाब परीक्षण गर्दा कर्मचारीदेखि सबै व्यवस्थापन गर्नका लागि न्यूनतम मासिक ४० लाख रुपियाँ खर्च लाग्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर पच्याले बताउनुभयो।

संघ वा प्रदेशबाट अर्थात् कहिकतैबाट रकमको जोहो नभएसम्म प्रयोगशाला सञ्चालनमा ल्याउन नसकिने पच्याको भनाइ छ। जिल्लामा रहेको सम्पतिको संरक्षण र सञ्चालन गर्नु सबैको दायित्व भएकाले जिम्मेबारीबाट कोही पनि पन्छिन नहुने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो।

गुल्मी अस्पताललाई मात्रै भार बोकाउन नहुने भन्दै यहाँका स्थानीय तह, प्रदेश र संघ सबैको सहयोगले परीक्षण प्रयोगशाला अबवलम्ब सञ्चालनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो। गुल्मीमा बिहीबार मात्रै ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

योसँगै जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १४८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशपति आचार्यले जानकारी दिनुभयो। सङ्क्रमणका कारण जिल्लामा ९७ जनाको ज्यान गइसकेको छ। जिल्लामा २५ जनाभन्दा बढी भेला हुन र मेला महोत्सव गर्नमा जिल्ला प्रशासन कार्यालय गुल्मीले रोक लगाएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया