Salime Malika Krishi Farm

Awareness Campaign

पहिलो पटक महिनावारी हुँदा केक काटेर ‘सेलिब्रेसन’, तस्वीर भाइरल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

पोखरा: खेल्दै कुद्दै गरेकी ११ वर्षिया प्रदिष्णा सुवेदीलाई पुस २९ गते अचानक ढाड दुखेजस्तो भयो। शरीरमा अचानक केही फेरबदलको महसुस हुन थालेपछि वासरुम गइन्।

त्यहाँ पुगिसकेपछि थाहा भयो, उनलाई मासिक श्राव (महिनावारी) भएको रहेछ। त्यतिबेला साँझ करिब ५ बजेको थियो। पाँच कक्षामा पढ्दै गरेकी प्रदिष्णाको त्यो पहिलो मासिकश्राव अनुभव थियो। आफूलाई ‘पिरियड’ हुन सुरु भएको सुनाउन उनी आमा कोपिला भण्डारी कहाँ पुगिन् र भनिन्, ‘मलाई पिरियड भयो।’

त्यसपछि कोपिलाले सेनिटरी प्याड सहितको बन्दोबस्त गरिदिइन्। छोरीको महिनावारी खुसीमा परिवार सामेल मात्रै भएनन्। साथीभाइ जम्मा भएर ‘सेलिब्रेसन’ नै चल्यो। त्यही दिन साँझ प्रदिष्णाको नाममा केक आइपुग्यो। त्यहाँ लेखिएको थियो, ‘ह्याप्पी फस्ट पिरियड माई बेबी!’

सिंचाई
Forest
Ad.

पोखरा विरौटाकी प्रदिष्णालाई त्यो क्षण वास्तवमै खुसीको दिन थियो। ‘यसै पनि केक मलाई खुब मन पर्छ। मेरो फर्स्ट पिरियडमै केक ल्याएर सेलिब्रेसन गरिदिए पछि झनै खुुसी भएँ,’ उनी भन्छिन्। ‘फर्स्ट पिरियड’ सेलिब्रेसनमा साथ दिन साथी पनि आउँदा उनको खुसी झनै दोब्बर बढ्यो।

प्रदिष्णाले महिनावारी हुँदा छोइछिटो चलेको त्यसअघि सुनेकी मात्रै थिइनन्, देखेकै थिइन्। महिनावारी भएकोबेला कसैलाई भान्सामा छिर्नै नदिएको, नजिक पर्नै नदिएको उनको आँखा अगाडिकै घटनाहरु थिए।

तर प्रदिष्णा ती डरबाट पहिले नै मुक्त थिइन्। ‘मलाई पहिले नै मम्मीले (महिनावारीबारे) भनिराख्नु भएको थियो, त्यस्तो केही भयो भने मलाई भन् है,’ प्रदिष्णा सुनाउँछिन्, ‘पहिलो दिन अलि धेरै ढाड दुखेको थियो। त्यसबाहेक अरु दुःख भएन।’ अन्य दिन झैं उनी भान्सा गइन्, बसिन्, खाइन्।

आमा भन्छिन्, ‘अन्धविश्वास चिर्न सेलिब्रेट गर्यौं’
पोखरामा सामान्य व्यवसाय गर्दै आइरहेका प्रदिष्णाकी आमा कोपिला भण्डारीले आफ्नो पहिलो महिनावारीको बेला साह्रै दुःख पाएकी थिइन्। अहिलेजस्तो स्यानिटरी प्याड त्योबेला सहज पाइँदैनथ्यो। लुगाफाटाकै भरमा मासिकश्राव पार गर्नुपर्थ्यो। कोपिलालाई सधैँ लागिरह्यो, ‘मैले जस्तो दुःख छोरीले नपाओस्। महिनावारी छोरीको मानसिक तनावको कारण नबनोस्।’ उमेर पुग्दै गएपछि उनले छोरीलाई ‘महिनावारी सामान्य हो, लुक्नु, डराउनु पर्दैन’ भनेर बताइरहन्थिन्, सुनाइरहिन्थन्। प्रदिष्णा घरकी पहिलो छोरी पनि हुन्।

Awareness by SKF

‘मेरो पालामा महिनावारी भयो भने लुक्नुपर्थ्यो। जति पीडा भए पनि सुनाउने र सुन्ने कोही हुन्थेनन्। ६/७ दिन लुकेर बस्नुपर्थ्यो,’ कोपिला भन्छिन्, ‘मैले भोगेको पीडा छोरीले नभोगोस् भनेर सचेत थिएँ। यसबारे भनिरहन्थें। छोरीले आफूलाई पिरियड भएको भनेपछि हामी पनि खुसी भयौँ।’

छोरीको पहिलो मासिकश्राव भएको थाहा पाएपछि कोपिलाले आफ्नो बहिनीसँग सल्लाह गरिन्। परिवार पनि उनको योजनामा सामेल बने। उत्सव चल्यो। आफूहरुले छोरीको पहिलो मासिकश्रावलाई देखाउनका लागि मात्रै उत्सवका रुपमा नमनाएको कोपिला सुनाउँछिन्।

‘महिनावारीको बेला किचेनमा पनि जान नदिने छ। मन लागेको खानै नपाउने मात्रै होइन, तीर्खा लाग्दासमेत पानी पिउनसमेत नपाउने छ,’ भन्छिन्, ‘हामीले छोरीलाई किचेन पनि रोकेनौं, मन लागेको खान पनि रोकेनौं। देखाउन मात्रै सेलिब्रेसन गरेका होइनौं।’

मासिक श्राव भएको बेला अरु बेलाभन्दा बढी साथ चाहिने भन्दै उनी भन्छन्, ‘मुख्य कुरा हाइजिन मेन्टेन हो। सफासुग्घर भएमात्रै पनि धेरै थोक राम्रो हुन्छ। यतिबेला चाहिने भनेकै हाम्रो साथ, सहयोग हो।’

प्रदिष्णाले पहिलो पिरियड सेलिब्रेसन गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ। प्रतिक्रियाहरु मिश्रित छन्, कसैले राम्रो भनेका छन् त कसैले ‘देखावटी’। आमा कोपिला भन्छिन्, ‘त्यो मान्छेहरुको सोचमा भर पर्ने कुरा हो। तर, हामीले यो समाजको अन्धविश्वास हटाउन सेलिब्रेट गरेका हौं। अनलाईनखबरमा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया