Hi-Speed Computer

Awareness Campaign

शिक्षकमा कोरोना देखिएपछि महेन्द्र मा.वि., वामीटक्सारको ४ गते देखि हुने‌ परीक्षा स्थगित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गोविन्द कंडेल, गुल्मी: महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, वामीटक्सारको आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले माघ १० गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण देखिएपछि मुसिकोट नगरपालिकाकै धेरै विद्यार्थी भएको वामीटक्सारको महेन्द्र आदर्श नमुना माविले नियमित पठनपाठनका अतिरिक्त यही माघ ४ गते देखि हुने भनिएको सबै तहको परिक्षा स्थगित गरेको छ।

विद्यालयमा नियमित अध्यापनमा संलग्न ३ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि माघ ९ गतेसम्मको लागि विद्यालयको पठनपाठनका अतिरिक्त परिक्षा कार्यक्रम रद्द गरिएको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले बताउनु भयो।

Forest
Forest
Ad.

संक्रमित शिक्षक आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उहाँले बताउनु भयो। विद्यालयमा करिब पन्ध्र सय विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक शर्माका अनुसार माघ ९ गते सम्म विद्यालय प्रशासन वाहेक सवै शैक्षिक गतिविधि बन्द हुने र १० गते देखि पुर्व निर्धारित परिक्षाहरु सञ्चालन हुने विद्यालयले जनाएको छ।

गत वर्ष पनि विद्यालय स्तरमा कोरोना फैलिदा विद्यार्थी तथा शिक्षक संक्रमित हुनुका साथै एक जना शिक्षकको ज्यान समेत गएको थियो।

यस्तो छ विद्यालयबाट जारी सूचना:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया