Awareness Campaign

गुल्मीका भाइरल बिरे दाईको ठाडो भाका गीत सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीका भाइरल बिरे दाईको ठाडो भाका गीत माघे सङ्क्रान्तिको अवसर पारेर आज अपरान्ह ३ बजे सार्वजनिक गरिएको छ। वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिको संस्कृति संरक्षण अभियान अन्तर्गत उक्त गीत निर्माण गरी सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भाइरल बिर बहादुर विश्वकर्मा ‘बिरे दाई’ र चर्चित गायिका शर्मिला गुरुङको आवाजमा सजिएको गीत नेपाली मौलिक लोक भाका ठाडो भाकामा आधारित छ। मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनमा अनवरत रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको यस संस्थाले यस अघि पनि मौलिक लोक भाकामा आधारित गीतहरु निर्माण गरिसकेको छ। लोक गीत र कलाकारको संरक्षण र प्रवर्द्धन गर्ने संस्थाको उद्देश्य अनुरुप नै यो गीतको निर्माण गरिएको हो।

यस गीत निर्माणका क्रममा अज्ञात ९९९ (परिचय नखुलाइएको) र पारस बोहोराले आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो।

Forest
Forest
Ad.

समाजसेवी विष्णु कुमारी सापकोटा र विष्णु कार्की, लालमाया विक, सुनकली छन्त्याल, कमल बराल, पुनम दर्लामी मगर, दुर्गा बहादुर बोहोरा, केशर बहादुर रायमाझी, विजय काफ्लेको पनि विशेष भुमिका रहेको छ।

‘लोपोन्मुख हाम्रा मौलिक लोकलयको संरक्षण र प्रवर्द्धन हाम्रो अभिष्ट हो।’ संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

गीत: मौलिक ठाडो भाका
शब्द/लय: बिर बहादुर विश्वकर्मा
गायक: बिरबहादुर विश्वकर्मा
गायिका: शर्मिला गुरुङ
एरेन्जर: बिबी अनुरागी
स्टुडियो: प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो
निर्देशक: लोकेन्द्र शाह
छायांकन: मनिष पन्त
लिपसिङ्क: बिर बहादुर विश्वकर्मा र ज्ञानु सुनार
नृत्य कलाकारहरु: पुनम दर्लामी, सुनिता छन्त्याल, सिम्रन बज्राचार्य, पवन सुनार, सुजन सुनार, आयुश विक, प्रियंका परियार, सन्जु परियार, आशिष परियार, सुरज परियार, प्रतिक्षा कार्की, प्रशंसा कार्की, प्रतिमा कार्की र दिप्सन छिनाल

उक्त म्युजिक भिडियो हेर्नुहोस् र शेयर गर्नुहोस्:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया